News Category 2082/04/29
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई स्पष्टिकरण सोधेका छन् ।
नगरप्रमुख चौधरीले मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रयोगशालाबाट प्राप्त ल्याब उपकरण प्रयोगबाट हुने राजस्व अनलाइन बिलिङ मार्फत नगरको राजस्व खातामा जम्मा हुँदै आएकोमा साउन १ गतेदेखि अफलाईन बिलिङ भएको बारेमा स्पष्टिकरण सोधेका हुन् ।
बिहीबार सोधिएको स्पष्टिकरणमा अफलाईन बिलिङबाट सो राजस्व कहाँ, कुन खातामा र कति रकम जम्मा भएको हो ? भन्ने स्पष्ट पार्न भनिएको छ ।
यस्तो भएको जानकारी पाएपछि पनि कार्यवाही कीन अघि बढाइएन वा मिलेमतोमा सरकारी राजस्व हिनामिना भएको हो भन्ने प्रश्न समेत स्पष्टिकरण पत्रमा गरिएको छ ।
यता नगर प्रमुखको यो स्पष्टिकरण मागसहितको पत्र खडक नगरपालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत सोनुले पनि प्रतिक्रिया दिएका छन् ।
उनले नगरप्रमुखको पत्रबारे ध्यानाकर्षण भएको बताउँदै, ल्याब उपकरण प्रयोग तथा राजस्व सम्बन्धी निर्णय नगर प्रमुखकै संरक्षकत्वमा रहेको संचालक तथा व्यवस्थापन समितिले गरेको बताए ।
उक्त समितिको अध्यक्ष वडा नं ७ का वडा अध्यक्ष राकेश कुमार साह, सदस्य सचिव प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सजन लाल साह रहेको र अनलाईन बिलिङ विपरीत अफलाईन बिलिङ गर्ने निर्णय समितिबाट भएको उनको दाबी छ ।
प्रमुख सोनुले समितिको संरक्षक नगरप्रमुख स्वयम् भए पनि समस्याको समाधानका लागि आफूलाई कुनै निर्देशन वा जानकारी नगरिएको आरोप लगाए ।
स्पष्टिकरण मार्फत प्राप्त जानकारीका आधारमा संलग्न सबै पक्षमाथि कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत सोनुले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ