News Category 2082/05/06
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
आन्दोलनरत राजविराज नगरवासी पीडित संघर्ष समिती र राजविराज नगरपालिका कार्यालयबीच दुई बुंदे सहमती भएको छ ।
लालपुर्जासहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत संघर्ष समिती र राजविराज नगरपालिका बीच दुई बुंदे लिखित सहमति भएसंगै भदौ ७ गते देखी घोषित आन्दोलनका सबै कार्यक्रमहरु तत्कालका लागी स्थगित भएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, नगरपालिकाका कानुनी सल्लाहकार शिव कुमार चौधरी, संघर्ष समितीका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मा लगायतका पदाधिकारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवको उपस्थितीमा भएको सहमतिपत्रमा राजविराज नगरपालिका स्थापना कालदेखी नै वसोवास, भोगचलन र व्यापार व्यवसाय गर्दै आएका नगरवासी अहिलेसम्म लालपुर्जा नपाउँदा आन्दोलनमा उत्रेको विषयलाई नगरपालिका कार्यालयले गम्भीरतापुर्वक लिएको उल्लेख छ ।
विगतमा उक्त जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हकहस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका वेला बैंक तथा वित्तिय संस्थामा सोही जग्गा धितो राखी ऋण कर्जा समेत पाउने गरेकोमा हाल सो सेवा सुविधा रोकिएकाले लालपुर्जाका लागी नगरकार्यपालिकाको निर्णयबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने सहमती पत्रमा उल्लेख छ ।
यस्तै उक्त समस्या समाधानका लागी नगरपालिकाको नेतृत्वमा संघर्ष समिती, राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनीधी सम्मिलीत संयुक्त टोलीले जग्गाधनी प्रमाणपत्र उपलब्धका लागी सक्रिय पहल गर्ने दुबै पक्षद्वारा हस्ताक्षरित सहमती पत्रमा उल्लेख छ ।
कार्यवाहक नगर प्रमुख परवीनले सहमतीको पुर्ण पालना र कार्यान्वयन गराउन आफुले शुक्रबारै देखी आवश्यक पहल थाल्ने बताइन ।
नगरपालिकासंग भएको सहमती कार्यान्वयन हुने विश्वास राखेको भन्दै विगत जस्तै धोखा भए हालका लागी स्थगित गरिएको आन्दोलन पुःन चर्काउने संघर्ष समितका संयोजक अन्सारीको भनाई छ ।
सहमती भए लगत्तै वार्तास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहालले खुशी ब्यक्त गर्दै लालपुर्जा विहीन हजारौ नगरवासीको चाहनालाइ पुरा गर्न आफुले यस अघि पनि प्रयास गरेको तथा आफु जहाँ गएपनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
बि.स. २०१६ साल मै स्थापना भएको राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन । जसकारण समस्यामा परेका उनीहरुले संघर्ष समिती नै गठन गरी विगत ५ महिना देखी चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ