News Category 2082/05/09
वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. २ स्थित हरिरावाका ३२ वर्षीय दिपक कुमार रामको मलेसियामा मृत्यु भएको हो ।
परिवारमा एकमात्र कमाउने उनी विगत एक दशक भन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
त्यहाँ स्थित एक प्लास्टिक फ्याक्ट्रीमा कार्यरत रहँदै आएका उनको शुक्रबार मृत्यु भएको रुपनी २ का वडाअध्यक्ष सरोज कुमार यादवले जानकारी दिए । वडाअध्यक्ष यादवका अनुसार सानै उमेरमा आमाबुबा गुमाएका रामको ६ वर्षअघि मात्र विवाह भएको थियो ।
वैदेशिक रोजगारीको क्रममा दिपकको अल्पआयुमै मृत्यु भएको खवरले उनको परिवार सहित हरिरावा गाउँ नै शोकमा डुबेको छ ।
मलेशियाबाट रामको शव ल्याउन गाउँपालिका कार्यालयले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल थालेको पालिका अध्यक्ष यादवले बताए । मृतक रामको श्रीमति सहित एक छोरी र एक छोरा छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ