News Category 2082/05/09
वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. २ स्थित हरिरावाका ३२ वर्षीय दिपक कुमार रामको मलेसियामा मृत्यु भएको हो ।
परिवारमा एकमात्र कमाउने उनी विगत एक दशक भन्दा बढी समयदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
त्यहाँ स्थित एक प्लास्टिक फ्याक्ट्रीमा कार्यरत रहँदै आएका उनको शुक्रबार मृत्यु भएको रुपनी २ का वडाअध्यक्ष सरोज कुमार यादवले जानकारी दिए । वडाअध्यक्ष यादवका अनुसार सानै उमेरमा आमाबुबा गुमाएका रामको ६ वर्षअघि मात्र विवाह भएको थियो ।
वैदेशिक रोजगारीको क्रममा दिपकको अल्पआयुमै मृत्यु भएको खवरले उनको परिवार सहित हरिरावा गाउँ नै शोकमा डुबेको छ ।
मलेशियाबाट रामको शव ल्याउन गाउँपालिका कार्यालयले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल थालेको पालिका अध्यक्ष यादवले बताए । मृतक रामको श्रीमति सहित एक छोरी र एक छोरा छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ