News Category 2082/05/09
जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादमा झगडापछी कुटपिट हुँदा जेठानीको कुटाइबाट देवरानीको पाँच महिने गर्भ तुहिएको छ ।
प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो । झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीको सहयोगमा उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएकी उनको पेटबाट चिकित्सकले सोमबार बिहान ५ महिने मृत बच्चा निकालेका हुन् ।
इटा, मुडकी र लातीले कुटपिट गरेपछी बेहोस भएको आफूलाई चार दिन घरमै राखी उनीहरुले सामान्य उपचार गराएको ललिताले सुनाईन् । तर निको नभएपछी स्थानीय र प्रहरीको सहयोगमा आइतबार राती आफूलाई गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको उनले बताइन् ।
उनले आफूमाथी निर्घात कुटपिट गर्ने र गर्भमा रहेको शिशुको हत्या गर्नेहरुलाई अविलम्ब पक्राउ गरि कडा कारवाही हुनु पर्ने माग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले घटनाको पुष्टि गर्दै आरोपितहरु घरमा फेला नपरेको तथा खोजि कार्य भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ