News Category 2082/05/10
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण

दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
राजविराज नगरपालिकाले जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घर–घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण गर्ने घरदैलो अभियानको सुरु गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने योग्य लाभग्राही मध्ये बृद्धबृद्धा र असक्त नागरिकहरुले नवीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले घरदैलो अभियान सुरु गरेको हो ।
पहिलो दिन राजविराज नगरपालिका ७ की १ सय २ वर्षिया बचिया देवी यादव र ८१ वर्षिया जगदम्बा देवी देवको घर मै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको हो ।
भदौ मसान्त भित्र कार्ड नविकरण नगराए सरकारबाट पाउने उक्त सेवा सुविधाबाट बञ्चित हुने भएकाले बृद्ध बृद्धा र शारिरीक रुपमा अशक्तको घर मै पुगेर नविकरण कार्य सूरु गरिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन । वडा नं. ७ बाट सुरु भएको यो अभियान भदौ मसान्त भित्र क्रमिकरुपमा नगरका सबै १६ वटै वडामा पुग्ने उनको कथन छ ।
बढ्दो उमेर तथा शारिरीक रुपमा अशक्त भई हिडडुल गर्न नसकि नविकरणका लागी वडा कार्यालय पुग्न न सक्नेहरुको पहिचान र अवस्थाबारे समेत जानकारी लिई नविकरण गर्न थालिएको उनले सुनाईन ।
कार्यवाहक नगर प्रमुख परवीनको नेतृत्वमा पहिलो दिन वडा न ७ मा नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख रविन्द्र साह, वडा सचिव अमरनाथ दत्त, वडा सदस्य रामानन्द देव सहितको टोलीले उनीहरुको घर मै पुगेर कार्ड नविकरण गरेको छ ।
वडा सदस्य रामानन्द देवले दुर्घटनामा परेर तिघ्राको हडी भाचि स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारका लागी भर्ना रहेका हरिनारायण लाल देवलाई बुधवार अस्पताल मै पुगी टोलीले स्वस्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्ने तयारी गरिएको जानकारी दिए । यसका लागी विरामी देवका आफन्त र अस्पताल प्रशासनलाई जानकारी समेत गराइएको उनले बताए ।
सरकारबाट जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई प्रदान गरिएको उक्त सेवा सुविधाबाट कोही पनि बञ्चित नहोस भन्ने उदेश्यका साथ नविकरण कार्यलाई घरदैलो कार्यक्रमको रुपमा अघि बढाइएको राजविराज नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ