News Category 2082/05/11
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
अशक्त तथा बिरामी भई अस्पतालमा उपचार गराईरहेका जेष्ठ नागरिकहरुलाई सााजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण कार्य सजिलो होस भन्ने उदेश्यले राजविराज नगरपालिकाले थालेको घरघर मै पुगेर परियचपत्र नविकरण गर्ने कार्यलाई बुधवार पनि निरन्तरता दिएको हो ।
बुधवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको नेतृत्वमा बुधवार पुगेको टोलीले स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारार्थ भर्ना भएका राजविराज ७ का ८५ वर्षिय हरिनारायण लाल देवलाई अस्पतालको बेडबाटै समाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरिदिएको हो ।
नविकरणका लागी आवश्यक पर्ने आवेदन फारम नगरपालिका कार्यालयमा दर्ता रहेको समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सुचि, ल्यापटम लगायतका समाग्री साथ मै लिएर नगरपालिका कार्यालयका कर्मचारी सहितको टोली अस्पताल पुगेको थियो ।
खुट्टाको शल्यक्रिया भएको कारण देवलाई लामो समयसम्म अस्पतालमा बस्नु पर्ने चिकित्सकको सल्लाहका कारण भत्ताको परिचय पत्र नविकरण गर्न पाईरहेका थिएनन् ।
सामाजिक सुरक्षा भत्ता नियमावली अनुसार लाभग्राहीले भदौ मसान्तसम्म स्वयम नगरपालिका वा वडा कार्यालयमा पुगेर परिचयपत्र नविकरण गर्नू पर्ने प्रावधान छ । तर गत वर्ष केही जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ती तथा अस्पतालमा उपचारकालागी भर्ना भएकाहरु कार्यालयमा पुग्न नसक्दा भत्ताबाट बन्चित भएको देखीपछि घर र अशक्त भई अस्पताल भर्ना भएकै ठाँउमा टोली लिएर परिचयपत्र नविकरण कार्य गर्न थालिएको कार्यवाहक नगर प्रमुख परवीनको भनाई छ ।
अघिल्लो दिन मंगलवार वडा नं.७ बाट सूरु भएको यो अभियान भदौ मसान्त भित्र नगरका सबै वडामा पुग्ने उनको कथन छ ।
नगरपालिकाले चलाएको घर दैलो अभियान अन्तर्गत २ दिनको अवधीमा बडा नं ७ र वडा नं ४ गरी एक दर्जन भन्दा बढी बृद्धबृद्धा, शारिरीकरुपमा अशक्त तथा विरामीहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ