News Category 2082/05/12
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
स्थानीय तहमा निर्वाचित नगरप्रमुखमा सप्तरीकी गिता चौधरीसहित ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा परेका छन् । चौधरी सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख हुन् ।
महिलाको सुकर्मलाई सञ्चार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘शी लिड्स आइकन’ कार्यक्रम अन्तर्गत दोस्रो संस्करणका लागि चौधरीसहित ३१ जना महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल भएकी हुन् ।
आयोजक संस्थाका अनुसार यसपटक देशभरबाट १ सय ३१ आवेदन प्राप्त भएमध्ये १ सय ११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए । निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्डा तथा लैङ्गिकता विशेषज्ञ सरु जोशी रहेकी थिइन् । छनोटमा स्थानीय तहका सात प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख÷उपाध्यक्ष रहेकी छिन् ।
प्रेरणादायी सूचीमा परेपछी प्रमुख चौधरीले भनिन्, “‘शी लिड्स आइकन’ कार्यक्रममा नगरपालिकाले गरेको काम र नगरक्षेत्र भित्रको उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफु यस प्रतिस्पर्धामा सहभागी भएको हुँ ।”
सुरुङ्गा नगरपालिकाले आफ्ना उत्पादन सामग्रीहरु स्टलमार्फत राखी बिक्री गर्ने अवसर पाउनेछ र यसको माध्यमबाट नगरका स्थानीय उत्पादनलाई बजार विस्तार गर्न सहयोग पुग्ने नगरप्रमुख चौधरीले विश्वास व्यक्त गरिन । “यस किसिमको प्रतिस्पर्धाबाट नगरको मात्र नभई यहाँ उत्पादन भएका वस्तुको पनि प्रचार–प्रसार हुन्छ“ चौधरीले भनिन् ।
पुस १८ देखि २० गतेसम्म काठमाडौँमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना गरिने र पुस २२ गते अवार्ड समारोहमार्फत ३१ मध्ये सात जनालाई ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिने बताएको छ ।
समितिले मूल्याङ्कनपछि मधेस प्रदेशबाट गीता चौधरी (सप्तरी), विद्या देवी भुजेल (धनुषा), कल्पना कुमारी कटुवाल (सर्लाही), गोकुलीकुमारी रेग्मी (पर्सा) र रिनाकुमारी साह (रौतहट) छिन् ।
यस्तै कोशी प्रदेशबाट प्रमिला राई (भोजपुर), विपना कुलुङ (सोलुखुम्बु), विष्णुकुमारी लिम्बु (इलाम) र सविता राई (सोलुखुम्बु) रहेकी छिन् ।
बागमती प्रदेशबाट सिता माया गुरुङ (धादिङ), गायत्री आचार्य (दोलखा), मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा (मकवानपुर), बालकुमारी कार्की (रामेछाप), गण्डकी प्रदेशबाट हिरादेवी शर्मा (पर्वत), भागवती रेग्मी अर्याल (स्याङ्जा), पद्यमा गुरुङ (लमजुङ) र चन्द्रकला अधिकारी (कास्की) छनोट भएकी छिन् ।
लुम्बिनी प्रदेशबाट विनाकुमारी भट्टराई (बर्दिया), हुमाकुमारी डिसी (दाङ), निरमाया तरामु (गुल्मी) र मिना थापा (रोल्पा), कर्णाली प्रदेशबाट देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी (सुर्खेत), धर्मकला शाही (कालिकोट) र सीता जैसी (जाजरकोट) रहेकी छिन् ।
सुदूरपश्चिम प्रदेशबाट जमुनाकुमारी बोहरा (डोटी), सुशीला शाही (कैलाली), ज्ञानुकुमारी सेटी देउवा (डडेल्धुरा), डोल्मा तामाङ (बझाङ), लक्ष्मी धामी रोकाया (डोटी) छिन् ।
आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाले छनोटमा परेका ३१ महिला जनप्रतिनिधिलाई आगामी भदौ १६ गते एकदिने तालिम र भदौ १७ गते सञ्चारकर्मीसँग अन्तरक्रिया र उनीहरूको कामलाई सार्वजनिक गर्न कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रर्वधन गर्ने योजना रहेकोे जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ