News Category 2082/05/15
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कसैको अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्लामा सरुवा भई आएको केही दिनपछी आइतबार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसित भेटघाट कार्यक्रम आयोजना गरेका उनले यस्तो कुरा बताउँदै कसैको दबाबमा दुई चार दिनमै आफ्नो सरुवा भए त्यसका लागि पनि आफू तयार रहेको स्पष्ट समेत पारे ।
“ऐन, नियम र कानुनको परिधिमा रही जिल्लामा सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा तथा शान्ति, सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन हरसम्भव प्रयास हुनेछ, उनले भने–सुशासनका बिरुद्ध हुने कुनै पनि प्रयासमा कसैसँग सम्झौता हुँदैन ।”
पत्रकारहरुले उजागर गर्ने बिकृती, बिसंगति, अन्याय, अत्याचार लगायतका बेथितिका समाचार आफूहरुका लागि श्रोत मात्र नभई आवश्यक दिशानिर्देश तथा थप जिम्मेवार बनाउन मद्दत पु¥याउने बताए ।
जिल्लाको शान्ति, सुरक्षा, ट्राफिक व्यवस्थापन, सीमानाकाबाट हुने चोरी तस्करी, सवारी दुर्घटना, बसपार्क संचालन, चाडपर्व लक्षित सुरक्षा लगायतका विषयमा उनले संचारकर्मीहरुसँग सुझाव समेत लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ