News Category 2082/05/15
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीमा दुई महिना अघिमात्र विवाह भएको एक महिलाको रहस्यम मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ बर्षीया दीपाको शनिबार मृत्यु भएको थियो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
दीपा बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतक दीपाको शरीरमा चोटपटक र निलडाम देखिएको प्रहरीले जनाएको छ । घट्ना शंकास्पद देखिएको भन्दै अनुसन्धान अगाडि बढाइएको सप्तरी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए । ‘घाँटीमा निलडगाम देखिएको छ, त्यहीं भएर हामीले अनुसन्धान अघि बढाएका छौं’ उनले भने ।
घटनाको अनुसन्धानका लागि मृतक दिपाकी श्रीमान दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिइएको बस्नेतले बताए । माइती पक्षले दीपाको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी समेत दिएका छन् ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
गत ४ असारमा दीपा र दीपकको सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । तर विवाह पछि थप दाइजो माग्दै दीपक, पर्शुरामसहितका परिवारका अन्य सदस्यले दीपालाई शारिरीक तथा मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ ।
दाईजोकै बिषयमा निरन्तर विवाद हुँदै आएको र सोही विवादकै कारण दीपाको उनका श्रीमान र ससुराले कुटपिट गरी हत्या गरेको माइती पक्षले दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ