News Category 2082/05/17
मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर

दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्ने बताएका छन् ।
राजविराजमा मंगलबार लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले मधेशबाट उठ्ने राजश्वको २० प्रतिशत पनि मधेशमा अहिले सम्म नआएको बताए । उनले भने, “जनसंख्याको आधारमा बजेट बाँडफाँड हुनुपर्छ, मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ।”
मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीसंगै आफुपनि रहेकोले सोही बेला उनले गरेको घोषणा अझै कार्यान्वयन नभएकोप्रति असन्तुष्टि समेत व्यक्त गरे । प्रधानमन्त्रीले मधेशमा पाँच सय डिप बोरिङ दिने घोषणा गरेर पनि अहिले सम्म नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारमै रहेर शान्तिपुर्ण आन्दोलनमा पनि रहेको बताउँदै उनले अन्नको भण्डार मधेशमा भएको खडेरी र खानेपनी समस्याबारे सरकार र सदनमा पनि आवाज उठाउने काम आफूले गरिरहेको जानकारी दिए ।
केन्द्रमा भएको सत्ता गठबन्धनबीचको सहमति अनुसार मधेश प्रदेशमा मधेशी दलले नै सरकार बनाउने हुँदा अब नेतृत्व गर्ने पालो लोसपाको रहेको उनको दावी छ । उनले भने, “मधेश प्रदेशमा मधेशी दलहरुले साढे सात बर्षदेखि सरकारको नेतृत्व गरिसकेकोले अब नेतृत्व गर्ने पालो हाम्रो हो ।”
अध्यक्ष ठाकुरले अहिले तत्कालै मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना नरहे पनि रुपन्देहीको उपचुनाव पछि परिवर्तनको सम्भावना रहेको बताए ।
उनले केन्द्रमा दुई ठुला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने बताउँदै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने स्पष्ट समेत पारे ।
राजविराजमा बुधबार आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागि हुन आईपुगेका अध्यक्ष ठाकुरले विगतमा भएको आन्दोलनबाट पहिचान पाएको तर अधिकार नपाएकोले पुनः मोर्चा बनाएर जनताबीच गईरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा लोसपाका बरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा सहित पार्टीका नेता कार्यकताहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
- 2082/05/16 बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
- 2082/05/16 भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
- 2082/05/16 मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
- 2082/05/15 महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
- 2082/05/15 चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
- 2082/05/15 अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ