News Category 2082/05/18

एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  

दैनिक समाचारदाता

एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  

दैनिक समाचारदाता
राजविराज, १८ भदौ । 

    मधेशवादी दलका शिर्ष नेताहरु एक दशकपछी दोश्रो पटक सप्तरीमा एउटै मञ्चमा देखिएका छन । २०७३ सालमा भएको मलेठ घटनापश्चात् त्यस बखत छरिएर रहेका ८ दल मिलेर मधेशी मोर्चा गठन भएको थियो । तर अहिले पुनः ६ दल मिलेर बनेको संघिय लोकतान्त्रिक मोर्चाले बुधवार राजविराजमा आयोजना गरेको “वर्तमान राजनीतिक अवस्थाको सन्र्दभमा जनजागरण अभियान” कार्यक्रममा मधेशवादी दलका शिर्ष नेताहरु दोश्रो पटक एउटै मञ्चमा देखिएका हुन । 
    यस अघि मधेश आन्दोलनका बेला २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोली लागेर ५ जना प्रर्दशनकारीको ज्यान गएपछि दलका शिर्ष नेताहरु राजविराजमा एउटै मञ्चमा देखिएका थिए । महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, बृषेश चन्द्र लाल लगायतका नेताहरु लामो समय पछि एउटै मञ्चमा सहभागि भए ।
    त्यति बेला मधेश र मधेशीको हक हधिकारका लागी पालैपालो नेतृत्व गर्ने गरी ८ दललाई समेटेर मोर्चा गठन गरिएको थियो । तर आपसी मतभेद र एक अर्काको अस्तित्व स्वीकार नगर्दा मोर्चा फुटेर पुनः सबै आ–आप्mनो दल तीर नै केन्द्रित भएका थिए । 
    बुधार एउटै मञ्चमा सहभागी भएका मधेशवादी दलका शिर्ष नेताहरुले विगतको गल्ती सच्याउँदै अब उत्पीडितहरुको अधिकारका लागी मिलेर बढ्नुको विकल्प नरहेको भन्दै एकढिक्का भइ अघि बढने उदघोष समेत गरे । 
    कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानका लागी लडेका योद्धाहरुमाथी झुठा मुदा लगाई सरकारले जेलमा राख्ने, मधेशलाई बजेट उपलब्धतामा विभेद गर्ने तथा अधिकार दिने सवालमा सरकार उदासिन रहेको भन्दै अधिकार प्राप्ती र प्रांप्त उपलब्धीको रक्षा गर्न सबै मिलेर आवाज उठाउनु पर्नेमा जोड दिए । 
    “मधेशीको जन्म नै संघर्ष गर्नलाई भएको छ, संघर्षबाट मधेशी पछि नहट्ने बताउँदै भुमि ऐनले एकजुट भएर लड्न बाध्य बनाएको छ ।” अध्यक्ष ठाकुरले भने, “भुमि ऐनमा मधेशीलाई मधेश मै अल्पसंख्यक बनाउने षड्यन्त्र हो, मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”
    त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई आन्तरिक उपनिवेश बनाई अझै शासन गर्ने सोचमा रहेका शासक वर्गलाई भुमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको आरोप लगाए । उनले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने माग गर्दै तराई मधेशको उब्जाउ भुमिलाई शासक वर्गले पहिलो चरणमा वक्सिस, विर्ता, जागिरको रुपमा वितरण गरे भने दोश्रो चरणमा हदबन्दीको नाममा खोसे, तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडे, चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे र अहिले आएर पाँचौ चरणमा भुमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको आरोप लगाए । 
    सोही कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको बताए । उनले भुमि ऐन पास हुँदा मोर्चाका घटक दलको हाउसमा पोजिसन के रह्यो प्रस्ट्याउनु पर्ने औल्याए । यसका लागि सारा मधेशी पार्टी एक भएर मात्रै नपुग्ने अवस्था रहेकोले आदिवासी जनजाती सहित सबै उत्पीडित जाती र समुदायहरु नमिलेसम्म अधिकार नपाउने मस्उल्लेख गरे । जनजागरण अभियानले पहिला मोर्चाकै नेता जाग्नुपर्ने उनको भनाई थियो ।  
    कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा तोड्न कमजोर पार्न यसमा आवद्ध कुनै दलले बदमासी गर्छ भने दाना पानी बन्द गर्न अगाडी आउनु पर्ने बताए । राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताउँदै उनले भुमि विधेयक भुमिविहिन र सुकुम्बासीको लागि भन्दा पनि भुमाफियाको लागि ल्याएको उल्लेख गरे । उनले उक्त ऐनले तराई मधेशलाई मरुभूमि बनाउन ल्याइएको बताए ।
    कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको बताए । आन्दोलनकारी माथिको झुठा मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताए ।
    नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको जिकरि गर्दै यी सबै पार्टीले मिलेर संघर्ष गर्ने हो भने मात्रै अधिकार प्राप्त हुन सक्ने बताए ।
    कार्यक्रमको संचालन राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्र मण्डलले गरेका थिए भने कार्यक्रमको अध्यक्षता रामुपा नेपालका सप्तरी अध्यक्ष दिपेन्द्र चौधरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट