News Category 2082/05/19
न्यायाधीशहरूको बिदाइ तथा सम्मान
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीशहरूलाई बिहीबार एक कार्यक्रम बिच बिदाइ तथा सम्मान गरिएको छ ।
राजविराज उच्च अदालत बार एशोशिएशन राजविराजले आयोजना गरेको कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीशहरू सरला कुमारी पाण्डे, अर्जुन अधिकारी, पूर्ण प्रसाद राजवंशी, कृष्णप्रसाद सुवेदी, नारायण प्रसाद सुवेदी, कोहलचन्द्र सुवेदी तथा सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश दिपक कुमार दाहाल, टंक प्रसाद महत लगायतको संयुक्तरूपमा बिदाइ तथा सम्मान गरिएको हो ।
कार्यक्रमका वक्ताहरूले यसपालि दुवै अदालतको न्यायाधीशहरूको टिमले सर्वसुलभ, निश्पक्ष र सहज रूपमा गरेको न्याय सम्पादन उत्कृष्ट रहेको बताउँदै सेवाग्राहीले उनीहरूको पालामा निश्पक्ष न्याय पाएको महशुस गरेको बताएका छन् । उच्च अदालतको वरिष्ठम न्यायाधीश ज्ञवालीको टीमले न्याय सम्पादनका लागि खेलेको भुमिकाको प्रशंसा समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली, न्यायाधीश सरला पाण्डे, पूर्ण प्रसाद राजवंशी सप्तरी जिल्ला अदालतका दिपक कुमार दाहाल, बरिष्ठ अधिवक्ता कृष्णानन्द देव, महेन्द्र चौधरी, डा. देवनारायण यादव, सुजित पोखरेल, भानुभक्त, निरौला, बौद्धकृष्ण भगत, तदर्थ समितिको संयोजक रमेश बहादुर थापा, रामचन्द्र यादव बारका पूर्व अध्यक्ष श्यामनारायण साह, बिजय साह, रमानन्द साह, हेमनारायण चौधरी, भरत यादव, अधिवक्ताहरू बलराम सिंह, पार्वती चौधरी, बाल किशोर यादव, कामेश्वर यादव लगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए ।
राजविराज उच्च बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव दानो चौधरीले कार्यक्रम संचालन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ