News Category 2082/05/19
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसित एकता कै लागि कार्यगत एकता सुरु गरिएको बताएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् । मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए ।
मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।
जनमत पार्टी मोर्चाबाट अलग हुनु भन्दा पनी मोर्चाबाट भागेको उनको टिप्पणी थियो । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।
डा. राउत कसको इसारामा चलेको हो भन्ने सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा उनले केही समय पर्खन तथा समय आएपछी सबै ुकरा आफै खुल्ने बताए ।
“मधेशी अनुहारले मात्र मधेशको हिमायती हुँदैन, उनले भने –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।”
पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ