News Category 2082/05/20
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्म जयन्ति “मोहम्मद डे” शुक्रबार सद्भाव ¥यालीसहित हर्षोल्लासका साथ मनाइएको छ ।
राजविराज नगरपालिकास्थित नुरीजामा मस्जिदमा भेला भई हिन्दु धर्मावलम्बीहरुको सहभागितामा सद्भाव ¥याली निकालेका छन् ।
मधेश प्रदेश सरकारले मोहम्मद पैगम्बरको जन्म जयन्ति मनाउन शुक्रबार सार्वजनिक बिदा दिएपछि ¥यालीमा उल्लेख्य सहभागिता र उत्साह दुबै देखिएको मुस्लिम समाजका महासचिव इरसाद अन्सारीले बताए ।
निकालिएको सद्भाव ¥यालीमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिन, वडाअध्यक्ष दिनेश साह, अनिल दासका साथै ठूलो संख्यामा हिन्दु धर्मावलम्बी समेत सहभागि भए ।
राजविराजमा विभिन्न स्थानबाट आएका मुस्लिम समुदायका युवा, युवती, बृद्धबृद्धा तथा बालबालिकाहरुले शान्ति र सद्भावको पक्षमा नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
इस्लामिक पात्रो हिजरी सम्वत्को रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा विबी अमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ति मनाउने गरिएको मुस्लिम समाजका उपाध्यक्ष फैयाज अन्सारीले बताए ।
यस अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र बानीको स्मरण गर्ने गरिएको मौलाना कैशर रजा बताउँछन् । पैगम्बर मोहम्मदले आफ्नो जिवनको सम्पूर्ण लक्ष्य समाज सुधार र ब्यवहारिक धर्मको प्रचार प्रसारमा केन्द्रित गर्नुका साथै समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र बिकृतीहरुको बिरुद्ध ठूलै संघर्ष गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ