News Category 2082/05/20
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली, न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
जिल्लाको कुनै पनि अदालतका न्यायाधीश सरुवा भएर जाने क्रममा पत्रकारहरुसँग भेटघाट गर्ने परम्परा विगतमा कहिले देखिएको थिएन् । तर यसपल्ट यस्तो परम्पराको सुरुवात भएको छ ।
यस्तो सुरुवात जिल्लाबाट अन्यत्र सरुवा भएर जान लागेका दुई जना न्यायाधीशले गरेका छन् । सम्भवत जिल्लामा यो पहलिो पटक भएको हो ।
नेपालगन्ज सरुवा भएर जाने क्रममा शुक्रबार उच्च अदालत जनकपुर–राजविराज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले आफ्नो निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो तथा सहयोगि स्थान भएको आफूले अनुभव गरेको सुनाएका छन् ।
“सप्तरी सरुवा भएपछी केही मानिसहरुले जिल्लामा न्यायीक कार्य सम्पादन गर्न निकै चुनौतीपूर्ण र असजिलो छ, त्यहा जानु भनेको कारवाही रुवरुप हो उनले विगतमा आफ्ना केही सहकर्मीले भनेको कुरा स्मरण गर्दै भने– तर आफू सप्तरी आएपछी भनेजस्तो केही पनि नरहेको र कार्यसम्पादन गर्दा सबै तर्फबाट निकै सहयोग पाए ।”
उनले आफ्नो कार्यकाल बसाईको अनुभव साटासाट गर्दा भने, “अरु ठाउँ भन्दा सप्तरीमा सहज रुपमा काम गर्ने बाताबरण पाए । सप्तरी जिल्ला बारे छरिएको नकारात्मक भ्रमलाई चिर्नु आवश्यक छ ।”
आफ्नो कार्यकालमा १८ महिना सम्मको मुद्दाहरु शुन्यमा झार्न सफल भएको उनले बताउँदै यस कार्यलाई निरन्तरता दिनु उत्तिकै आवश्यक छ । अदालतभित्रको भ्रष्टाचार न्यूनिकरण गर्नेतर्फ प्रयास गरेको दाबी गर्दै उनले भने, “आफ्नो कार्यकालमा न्यायधिशहरुलाई कमजोर पार्न चलखेल भएको तर, सोबाट आफूहरुको टिम अलिकति पनि बिचलीत नभएको र न्यायीक कार्यलाई स्वच्छ र पारदर्शीता ढंगबाट सम्पादखन गर्ने प्रयास ग¥यो ।”
एक अर्को प्रसङ्गमा उनले जिल्लाका गम्भिर घटनाहरु संचारकर्मीहरुले उजागर गर्नु आवश्यक रहेको सुझाव दिँदै सामान्य कुटपिटमा पनी ज्यान मार्ने मुद्दा दर्ता गर्ने बढी चलन रहेकोमा यसप्रति सरोकारवालाहरु पनि सचेत हुनु पर्ने सुझाव समेत दिए ।
यस्तै बोक्सीको आरोपमा पनि वढी मुद्दा दर्ता हुने गरेको तर मुद्दा अध्ययन गर्दा त्यस्तो नपाइएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने आवश्यक रहेको उनको भनाई थियो । जिल्लाको न्यायीक क्षेत्रमा काम गर्न सजिलो रहेको तथा जिल्लावासीले न्यायलयप्रति उच्च सम्मान गर्ने गरेको उनको कथन छ ।
जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषय बारे बोल्दै उनले पोखरीहरु संरक्षण हुन नसक्नुले कालान्तरमा गरिएको कमलाई अहिले लोभ लागेर बढी मुद्दा दिने प्रवृती बढेको, बाटोघाटोको विस्तारमा ध्यान पुग्न नसकेको, बाटो बिस्तार गर्ने क्रममा समानान्तर ढंगले बाटो विस्तार गर्नु आवश्यक रहेको तथा बाटोको पेटी अतिक्रमण हटाउन स्थानीय सरकार चुकेको उनको भनाई थियो ।
सोही पत्रकार सम्मेलनमा उच्च अदालतकी न्यायाधीश सरला कुमारी पाण्डेले पनि सप्तरीलाई हेर्न नजर फरक पाएको सुनाइन् । उनले भनिन्, “सरुवा भएर राजविराज पठाउँदा कुनै कारबाही गरिएको भन्ने सहकर्मीहरुले भन्ने गरेका थिए, तर, त्यो भ्रम भ्रम मात्र रहेको छ, उनले भनिन्–सप्तरीमा पालैपालो गरि सबै न्यायाधीशहरुले आएर सेवा गर्नुपर्छ, जिल्लामा न्यायीक कार्यसम्पादन गर्दा सिक्ने अवसर पाइन्छ । सप्तरी जिल्ला न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/20 न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली, न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
- 2082/05/20 साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
- 2082/05/20 पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
- 2082/05/19 जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
- 2082/05/19 न्यायाधीशहरूको बिदाइ तथा सम्मान
- 2082/05/18 एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”
- 2082/05/17 मधेश प्रदेशबाट जाने राजश्वको कम्तिमा ३५ प्रतिशत बजेट मधेशले पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर
- 2082/05/17 भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
- 2082/05/17 पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी
- 2082/05/16 रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ