News Category 2082/05/22
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
राजविराज÷आठ वर्षपछी राजविराजमा सप्तरी महोत्सव हुँदैछ । उद्योग बाणिज्य संघ सप्तरीको आयोजनामा असोज २२ गदेखी सो महोत्सव हुँदैछ ।
पछिल्लो पटक २०६८ सालमा प्रथम र २०७४ सालमा दोश्रो सप्तरी महोत्सवको आयोजना भएको थियो ।
जिल्लाको उद्योग, पर्यटन, व्यापार, व्यवसाय र स्थानीय बस्तुको प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको महोत्सव आठ वर्षपछी आयोजना गर्न सप्तरी उद्योग बाणिज्य संघ जुर्मुराएका हो ।
शनिबार सप्तरी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि यस पटक “सप्तरीको विकास हाम्रो प्रतिबद्धता” नाराका साथ आगामी असोज २२ देखी संचालन हुने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आर्थिक मन्दी, कोरोना लगायत विभिन्न कारणले रोकिएको महोत्सव पुनः असोज २२ देखी कात्तिक ६ गतेसम्म भब्य र सभ्य ढंगले संचालन गर्ने गरि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए ।
आर्थिक मन्दीका कारण समस्या झेलिरहेका सप्तरीका व्यापार, व्यवसाय र कलकारखानाको अवस्था उकास्न, स्थानीय स्तरका उत्पादनको बजारीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा पर्यटन विकास र जिल्लाको आर्थिक सम्बृद्धिका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।
स्थानीय राजरंगशाला खेल मैदानमा आयोजना हुने महोत्सवमा आवश्यक सुविधासहित कृषि उत्पादन, उपकरण, हस्तकला, दुधजन्य परिकार र विभिन्न जाति समुदायका फुडका गरि कुल १ सय ७० वटा स्टल रहने छन् ।
महोत्सवमा कलासंस्कृति झल्कने कार्यक्रम एवं बस्तुको प्रदर्शनी समेत हुने छ । १० करोड रुँपैया बराबरको कारोबार गर्ने लक्ष्यका साथ सुरु हुने महोत्सव अवधीभर करिब ४ लाख भन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्न आउने अनुमान गरिएको अधयक्ष अग्रवालले बताए ।
पत्रकार सम्मेलनमा संघका महासचिव अमृत संचेतीले ओझोलमा परेका सप्तरीको पर्यटक स्थलहरुको प्रचार र प्रसारका लागि पनि महोत्सवको आयोजन ागर्न लागिएको बताए ।
महोत्सवमा प्रवेश शुल्क १ सय देखी ३ सय रुँपैयासम्म हुने तथा प्रत्येक प्रवेश शुल्क टिकटमा कुनै न कुनै उपहार प्रदान गरिने उनले बताए । उनले महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारका सथै मित्रराष्ट्र भारतका समेत चर्चित कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने जानकारी दिए ।
महोत्सवको सहआयोजकमा जिल्लाका १८ वटै पालिका तथा सहयोगि संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ सप्तरी, सबै राजनैतिक दल र संघसंस्था रहेका छन् ।
यस्तै प्रवद्र्धकका रुपमा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय र प्रदेश कार्यालय रहेको आयोजक सप्तरी उद्योग बाणिज्य संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ