News Category 2082/06/03
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको अवसरमा शुक्रवार सरकारीस्तरबाट यस दिनलाई उत्सवका रुपमा मनाइएको छ भने ६ दल मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चाले कालो दिवसको रुपमा मनाएका छन् ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठित संविधान तथा राष्ट्रिय दिवस मूल समारोह आयोजक समितिद्वारा घोषित तीन दिवसीय कार्यक्रमको पहिलो दिन प्रभातफेरी तथा गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारार्थ बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
जिल्ला समन्वय समितिको प्राङ्गनबाट निस्केको प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख इसरत परवीन, प्रहरी उपरीक्षक गौतमकुमार केसी, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र नेपाल, नेपाली काँग्रेस, एमाले र नेकपा माओवादीका नेताहरुसहित कर्मचारी, सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
यता शुक्रबारै संघीय लोकतान्त्रिक मोर्चा सप्तरीले संविधान संशोधन र पुनर्लेखनको माग गर्दै हात र टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
बि.स. २०७२ साल असोज २ मा संविधानसभाबाट जारी भएको संविधानमा आफूहरुको मागलाई वेवास्ता गर्दै बहुमतका आधारमा संविधान जारी भएकाले सो दिनलाई कालो दिन र कालो दिवसको रुपमा मनाउने गरेको मोर्चाका नेताहरुको भनाई छ ।
मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र नागरिक उन्नमुक्ति पार्टी समावेश रहेका छन् ।
विरोधसभालाई सम्बोधन गर्दै मोर्चाका नेता गजेन्द्र कुमार मंडल, दीपेन्द्र चौधरी, सुनिल झा, दिनेश कुमार यादव, निरज मुक्ति लगायतले आफूहरुले उठाएका माग नसमेटिए सम्म यो दिनलाई कालो दिवसको रुपमा मनाई रहने उदघोष गरेका थिए ।
सरकारी स्तरबाट गठित मूल समारोह समतिले भने संविधान दिवस र राष्ट्रिय दिवसलाई तीन दिन सम्म उत्सवको रुपमा मनाउने गरी प्रभातफेरी, बिरामीलाई फलफुल बितरण, सरसफाई र घर तथा कार्यालयहरुमा साँझ दीपावली गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ