News Category 2082/06/07
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
जेनजीको प्रदर्शनका क्रममा सप्तरीका सुरक्षा निकायका कार्यालयहरुमा लाखौंको मुल्य बराबरको क्षति भएको छ ।
भदौं २४ गते प्रदर्शनका क्रममा जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र युनिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा १२ लाख, प्रहरी चौकी मौवहामा ३५ हजार, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी युनिटमा १५ लाख र उच्च अदालत जनकपुर राजविराज इजलाशमा रहेको सुरक्षा गार्ड युनिटमा ३५ हजार गरी कुल ३१ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनले सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला अदालत सुरक्षा प्रहरी युनिटमा भएको बताए । जिल्ला अदालतमा प्रहरीले लगाउने पोशाक, विस्तरा र बन्दोबस्तीका अन्य सामानसहित चार वटा मोटरसाईलसमेत जलेर नष्ट भएको उनले जानकारी दिए ।
यसरी नष्ट पारिएका प्रहरी कार्यालय र प्रहरी युनिटहरुको पुर्नस्थापनाको कार्य तिब्र गतिमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ