News Category 2082/06/10
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित नभएको बताएका छन् ।
जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका काँग्रेसको राजविराजस्थित जिल्ला पार्टी कार्यालयको विहीवार निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो बताएका हुन ।
सो क्रममा उनले भत्किएको संरचना पुर्ननिर्माण सम्भव भएपनि गोली हानेर मारिएकाहरुको पुुर्नजीवन दिन सम्भव नहुने उल्लेख गर्दै जेनजीको आन्दोलनको भावनालाई समेट्दै जनताले पाएको अधिकारलाई संरक्षण गर्दैै अझै अधिकार सम्पन्न बनाउने गरी अघि बढ्नु अहिलेको आवश्यत्ता रहेको बताए ।
संसद विघटनबाट संविधान घाईते भएको बताउदै महामन्त्री शर्माले फेरी पुर्ण स्वस्थ्य बनाउनु पर्ने आवश्यक्तामा जोड दिए । “राष्ट्रपतीले गरेको संसद विघटनले संविधान घाईते भएकोे छ, उनले भने–यसलाइ सच्याएर पुनः स्वस्थ बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो ।”
आवश्यक्ताको सिद्धान्त अनुसार राष्ट्रपतीले संविधान विघटन गरेको कुरा चर्चा हुने गरेको प्रसङ्ग कोट्याउँदै उनले संसद बैठक मार्फत पनि यो काम गर्ने अवस्था रहको जिकिर गरे ।
संसद पुर्नस्थापना वा ताजा जनादेशमा जाने अहिले दुई अवस्था रहेको बताउँदै महामन्त्री शर्माले काँग्रेसले पनि छिट्टै यसबारे निष्र्कषमा पुग्ने प्रयत्न गरिरहेको जानकारी दिए ।
प्रतिनिधीसभा भंग गरिएको भएपनि राष्ट्रपती, राष्ट्रिय सभा, ७ वटै प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तहहरु अस्तित्वमा रहिरहेको बताए ।
सो अवसरमा प्रतिनिधीसभा सदस्य दिनेशकुमार यादव, काँग्रेस सप्तरीका सभापती रामदेव साह, उपसभापती रामकुमार यादव, सचिव सनत मण्डल लगायत काँग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ