News Category 2082/06/10
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा सप्तरी जिल्लाका सरकारी कार्यालयलाई मात्र नभई राजनीतिक दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको घरमा समेत आक्रमण, तोडफोड र आगजनी गरी क्षति पुर्याइएको छ ।
जिल्लाको विभिन्न स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्रलगायतको पार्टी कार्यालयका साथै केही नेता, जनप्रतिनिधिहरुको घरमा पनि तोडफोड र आगजनी गरी एक करोड भन्दा बढीको क्षति पुगेको हो ।

सप्तरी प्रहरीको तथ्यांक अनुसार आन्दोलनको क्रममा राजविराजस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीबाट सर्वाधिक ३२ लाख ६२ हजार ५ सय मुल्य बराबरको सम्पती नष्ट भएको छ ।
जनमत पार्टीको जिल्ला कार्यालयमा १७ लाख २८ हजार सात सय ५० र कञ्चनरुप नगरपालिकास्थित नेकपा एमाले पार्टी कार्यालयमा १४ लाख ५३ हजार पाँच सय रुपैयाँको क्षति भएको छ ।
राजविराजस्थित जसपा नेपालको जिल्ला पार्टी कार्यालयमा १० लाख ६३ हजार सात सय ६५ तथा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको घरमा भएको तोडफोड र आगजनीबाट १० लाख रुपैया बराबरको सम्पति नष्ट भएको छ ।
नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाँच लाख ५० हजार तथा नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा ४ लाख ४१ हजारको सम्पती तोडफोड र आगजनी गरी नष्ट भएको छ ।
यस्तै माओवादी नेता एवं पुर्व मन्त्री उमेश यादको घरमा तोडफोड बाट ५ लाख, एमाले नेता सुमन प्याकुरेलको घरमा एक लाख ४१ हजार र सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको घरमा भएको तोडफोडबाट पाँच हजार गरी कुल १ करोड एक लाख ४५ हजार १५ रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरी तथ्यांकले देखाएको छ ।
जिल्लास्थित पालिका र सरकारी कार्यालयमा ७५ करोड ४५ लाख हजार ८३ रुपैयाँ समेत गरी जेनजी आन्दोलनका क्रममा सप्तरीमा कूल ७६ करोड ४६ लाख ४७ हजार ९८ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले संकलन गरेको क्षतिग्रस्त संरचनाको लगत विवरणले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ