News Category 2082/06/17
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराएको छ ।
दशैंको अवसर पारेर सोमबार महासंघले सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सप्तरी र सिरहाको पाँच पालिकामा गरी दुई सय किसानलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
यसै क्रममा रुपनीका सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राष्ट्रिय कृषक समूह महासंघ नेपाल रुपनी गाउँपालिका अध्यक्ष शिवशंकर मंडलले राहत वितरण गरे ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजामा सहयोग केयर नेपाल र स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित कार्यक्रम अन्तर्गत राहत स्वरुप खाद्यान्न वितरण गरिएको महासंघका कार्यक्रम सहायक रामनारायण महतोले जानकारी दिए ।
प्रत्येक पालिकामा ४० जना सुख्खा तथा खडेरी प्रभावित प्रति किसानलाई सात हजार नौ सय ४० रुपैयाँ मुल्य बराबरको खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, नुन, घिउ, अण्डा, चना, पिठो सहितका सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यघस्क्रम सप्तरी र सिरहा जिल्लाको पाँचवटा पालिकामा लागु छ ।
सप्तरीमा रुपनी, तिलाठी कोइरालाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा तथा सिरहाको सखुवाननकार कट्टी तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा यो कार्यक्रम चलिरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।
सप्तरीको तीन र सिरहाको सिरहा दुई गरी कुल दुई सय किसानलाई कुल १५ लाख ८८ हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका कार्यक्रम सहायक महतोले बताए ।
यस्तै सप्तरी र सिरहाका पाँच वटै पालिकाका प्रति पालिकाका ७० जना गरी ३५० जना सुख्खा तथा खडेरी पीडित किसान लाई कृषि विउ विजन, मल तथा कृषि औजार समेत उपलब्ध गराइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अभियन्ता चन्द्रशेखर मंडलले बताए ।
प्रति किसान चार हजार तीनसयका दरले १५ लाख पाँच हजार मुल्य बराबरको विउ विजन, मल तथा कृषि औजार उपलब्ध गराईएको मंडलले जानकारी दिए ।
यसैगरी सप्तरीको रुपनीमा दुई, तिलाठी कोईलाठीमा एक र हनुमाननगर कंकालिनी नगरपालिका एक गरी समर्सियल सिंचाइ वोरिङ तथा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एउटा खानेपानी डिप बोरिङ जडान गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ