News Category 2082/06/17
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध गराएको छ ।
दशैंको अवसर पारेर सोमबार महासंघले सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सप्तरी र सिरहाको पाँच पालिकामा गरी दुई सय किसानलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
यसै क्रममा रुपनीका सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राष्ट्रिय कृषक समूह महासंघ नेपाल रुपनी गाउँपालिका अध्यक्ष शिवशंकर मंडलले राहत वितरण गरे ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजामा सहयोग केयर नेपाल र स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित कार्यक्रम अन्तर्गत राहत स्वरुप खाद्यान्न वितरण गरिएको महासंघका कार्यक्रम सहायक रामनारायण महतोले जानकारी दिए ।
प्रत्येक पालिकामा ४० जना सुख्खा तथा खडेरी प्रभावित प्रति किसानलाई सात हजार नौ सय ४० रुपैयाँ मुल्य बराबरको खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, नुन, घिउ, अण्डा, चना, पिठो सहितका सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
सुख्खा तथा खडेरी प्रतिकार्य परियोजना कार्यघस्क्रम सप्तरी र सिरहा जिल्लाको पाँचवटा पालिकामा लागु छ ।
सप्तरीमा रुपनी, तिलाठी कोइरालाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा तथा सिरहाको सखुवाननकार कट्टी तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा यो कार्यक्रम चलिरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।
सप्तरीको तीन र सिरहाको सिरहा दुई गरी कुल दुई सय किसानलाई कुल १५ लाख ८८ हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका कार्यक्रम सहायक महतोले बताए ।
यस्तै सप्तरी र सिरहाका पाँच वटै पालिकाका प्रति पालिकाका ७० जना गरी ३५० जना सुख्खा तथा खडेरी पीडित किसान लाई कृषि विउ विजन, मल तथा कृषि औजार समेत उपलब्ध गराइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अभियन्ता चन्द्रशेखर मंडलले बताए ।
प्रति किसान चार हजार तीनसयका दरले १५ लाख पाँच हजार मुल्य बराबरको विउ विजन, मल तथा कृषि औजार उपलब्ध गराईएको मंडलले जानकारी दिए ।
यसैगरी सप्तरीको रुपनीमा दुई, तिलाठी कोईलाठीमा एक र हनुमाननगर कंकालिनी नगरपालिका एक गरी समर्सियल सिंचाइ वोरिङ तथा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एउटा खानेपानी डिप बोरिङ जडान गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ