News Category 2082/06/14
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै नवरात्रको आठौँ दिन मंगलबार सप्तरीका विभिन्न धार्मिकस्थलमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।
छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । यस स्थलमा पूजाअर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको यस मन्दिरमा श्रद्धालुको भीड बाक्लिँदै गएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए ।
उनका अनुसार गत वर्ष करिब १० लाख भक्तजनले दर्शन तथा पूजा गरेका थिए भने यस वर्ष सो सङ्ख्याभन्दा बढी आउने अनुमान गरिएको छ । मंगलबार र बुधबार महानवमीका दिन नेपालका विभिन्न ठाउँका साथै भारतको विहार राज्यसहित अन्य ठाउँबाट समेत भक्तजन यहाँ आउने गर्छन् ।
श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी शक्तिपीठ परिसरमा निःशुल्क भोजन, धर्मशाला, खानेपानी, पार्किङ सुविधा तथा सुरक्षा व्यवस्थाका लागि मन्दिर परिसरमा ३२ वटा सिसी टिभी क्यामेरासमेत जडान गरिएको पिठाधीश ठाकुरको भनाइ छ । घटस्थापनादेखि अहिलेसम्म करिब पाँच÷त्ॐछ लाखभन्दा बढी श्रद्धालु भक्तजनले छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढेको पाइएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका १ स्थित भारदहमा रहेको कङ्कालनी भगवती मन्दिरमा समेत भक्तजनको निकै भीड लागेको छ । यो मन्दिरमा पनि मंगलबार बिहानदेखि लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए । बुधबार महानवमीका दिन यहाँ हुने पशु बलिका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिँदै नवमीका दिन हुने अत्यधिक भीडलाई ध्यानमा राखी व्यवस्थित रूपमा यहाँ स्वयंसेवक परिचालन गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको मन्दिरलाई सिङ्गारिएको छ भने ट्राफिक व्यवस्थापनसमेत मिलाइएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिए । उनका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेको छुट्टै लाइन र खसीबोका बलि दिने भक्तजनको छुट्टै लाइनमा जानका लागि व्यवस्था गरिएको छ । यहाँ महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ ।
त्यस्तै राजविराजको भगवती मन्दिर र राजदेवी मन्दिरमा समेत ठूलो मेला लागेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पातोमा रहेका डाक्नेश्वरी मन्दिरमा समेत भक्तजनहरको भीड लागेको स्थानीय उमेश विश्वकर्माले बताए । सप्तरीको बोदेवर्सान, कञ्चनपुर, कल्याणपुर, हनुमाननगरका मन्दिरहरूमा देवीको दर्शन र पूजाका लागि भक्तजनको भीड लागेको छ ।
धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ती मन्दिरहरूमा दसँै अवधिभर भक्तजनको घुइँचो लाग्ने गर्छ । उक्त स्थानमा मूर्ति तथा नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहिआएको छ ।
छिन्नमस्तामा हेलीकप्टरबाट पुष्पवृष्टिको तैयारी
विजयादशमीको नवौं दिन बुधबार विहान १० बजे तिर छिन्नमस्ता भगवती मन्दिरमा नेपालीसेनाले हेलीकप्टर मार्फत पुष्षवृष्टि गर्ने कार्यक्रम तय भएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
यसका लागि अस्थायी हेलीप्याड समेत निर्माण गरिएको उनले बताए । पुजा लाई अझ भव्य बनाउन हेलीकप्टर मार्फत पुष्षवृष्टि कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले मंगलबार सम्म देश विदेशका गरी झण्डै सात लाख दशनार्थीहरु छिन्नमस्ता भगवतीको दर्शन गरी फर्किसकेको बताए । उनले यसपल्ट १५ लाखको हाराहारीमा दर्शनार्थी आउने अनुमान गरिएको भन्दै यसका लागि आवश्यक सम्पुर्ण तयारी गरिसकिएको जनाए ।
सप्तरीमा मात्रै चार दर्जन जति स्थानमा दुर्गा पुजा भइरहेको छ । पुजास्थलहरुमा भव्य मेला समेत लागेको छ । जिल्ला भरको पुजास्थलमा विहान र बेलुका ज्यादै भीडहुने गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । मन्दिर र मेलास्थल क्षेत्रमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ