News Category 2082/06/19
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
यस बर्षकै पानीको उच्च बहाब भएपछि कोशी ब्यारेजको सबै ५६ वटा ढोका खोलिएको छ । कोशी ब्यारेजको इतिहासमा ५६ वटै ढोका खोलिएको यो छैठौं पटक हो ।
पछिल्लो पटक आईतबार विहान ९ बजे ४ लाख ३१ हजार ५ सय २५ क्युसेक प्रति सेकेन्ड पानीको बहाब भएपछि ५६ वटै ढोका खोलिएको हो ।
साँझ ५ बजेसम्म पानीको बहाब अझै बढेर ५ लाख ३३ हजार २ सय क्युसेक प्रति सेकेन्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी ब्यारेजको कुल भारबहन क्षमता ९ लाख क्युसेक प्रति सेकेन्डको रहेको छ । कोशीमा पानीको बहाब निरन्तर बढदै गएपछि प्रहरीले पुलमा ढाट लगाएर आवागम बन्द गरेको छ भने खतरा सम्बन्धी संकेत स्वरुप रातो झण्डा संगै रातो बत्ती बालिएको छ ।
सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले कोशी ब्यारेजमा बर्षाले निम्ताउन सक्ने जोखिमबारे जिल्ला प्रहरी प्रशासन हाइअलर्ट अवस्थामा रहेको भन्दै आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन माईकिंग मार्फत समेत सचेत गराइएको जानकारी दिए ।
उनले कोशी ब्यारेज पुलबाट मोटरसाईकल, साईकल तथा पैदल यात्रुलाई आवत जावत गर्न दिईएपनि ठूला सवारी साधनलाई पुर्ण बन्देज लगाइएको जानकारी समेत दिए ।
यसअघि सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक, २०८० साउन २९ गते ४ लाख ७३ हजार क्युसेक, २०८० भाद्र ८ गते ४ लाख ६३ क्युसेक तथा २०८१ असोज १२ गते ६ लाख ६१ हजार क्युसेक प्रति सेकेन्ड पानीको बहाब पुग्दा सबै ५६ वटा ढोका खोलिएको इतिहास छ ।
यता दुई दिनको अविरल वर्षाका कारण खाडो, जिता र त्रियुगा नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको २ सय भन्दा बढी तथा सप्तकोशी नगरपालिकाको ६० भन्दा बढी घर डुवानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।
डुवानमा परेका बस्तीका वासिन्दालाई सुरक्षित स्थानमा पु¥याइ आवश्यक राहतको व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ