News Category 2082/06/19
बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
अविरल वर्षापछि आइतबार बिहान आएको बाढीका कारण सप्तरीको सप्तकोशी नगरपालिकामा डुवानमा परेका बीस जनालाई नेपाली सेनाको टोलीले उद्वार गरेको छ ।
सो नगरपालिका वडा नं. ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाको राजविराजस्थित बरख गणको टोलीले ती व्यक्तिहरुको सकुशल उद्वार गरेको हो ।

बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिएका छन् ।

वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले बताए । नेपाली सेनाको सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ