News Category 2082/06/20
कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते राजविराज र झुम्का कारागारबाट फरार भएका मध्ये ८ जना कैदीबन्दीले सोमबार आत्मसमर्पण गरेका छन् । एक जना फरार कैदीबन्दीलाई भने प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
दुबै कारागारबाट भागेको २५ दिनपछि उनीहरु आफै राजविराज कारागार पुगेर कारागार प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् ।
कारागार कार्यालय सप्तरीमा बन्दी जिवन बिताइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका २ निवासी ५२ वर्षिय भोलाप्रसाद यादव, महादेवा गाउँपालिका ४ निवासी २४ वर्षिय शत्रुधन मुखिया, डाक्नेश्वरी नगरपालिका ७ निवासी २१ बर्षीय प्रकाश चौधरी, सोही पालिकाको वडा नम्बर १ बस्ने ५० बर्षीय राजनारायण साह, राजविराज नगरपालिका १२ का २२ बर्षीय अरुणकुमार यादव र राजगढ गाउँपालिका १ निवासी ४१ बर्षीय रामानन्द यादवले आत्मसमर्पण गरेका छन् ।
यस्तै जेनजी आन्दोलनकै क्रममा भदौ २५ गते नै सुनसरीको झुम्का कारागारबाट फरार भएका सप्तरीको कञ्चनरुप नगरपालिका ७ का ३७ बर्षीय पशुपति भन्ने पुष्कर महतो र सोही पालिकाको वडा नम्बर ४ बस्ने ३९ बर्षीय अमरनाथ विश्वासले पनि आत्मसमर्पण गरेका छन् ।
यस्तै कारागार कार्यालय सप्तरीबाट फरार भएका रुपनी गाउँपालिका २ निवासी २४ बर्षीय २४ कुम्भकर्ण सदालाई सोमबार नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कारागार प्रशासनले यसअघि एक सुचना जारी गर्दै फरार भएका कैदी बन्दीलाई २०८२ असोज २० गते सम्म फर्कि नआए कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप सजाय हुने जनाएको थियो ।
तोकिएको समयसिमाको अवधिमा ८ जना आफै कारागारमा उपस्थित भएको जेलर गंगालाल योगीले जानकारी दिर्दै आफै हाजिर भएर ती कैदीबन्दीहरुले इमान्दार चरित्र देखाएको बताए ।
गत भदौ २५ गते कारागारमा तोडफोड र आगजनी गर्दै २ सय ५ कैदीबन्दी फरार भएका थिए । जसअध्ये अहिले सम्म १ सय १३ जना कैदीबन्दीलाई फिर्ता आइसकेको छ भने दुईजना फरार रहेकै अवस्थामा झुण्डिएर आत्महत्या गरेका छन् ।
कारागारबाट फरार भएका मध्ये ९२ जना अझै सम्पर्कमा नआएको र उनीहरुको व्यापक रुपमा खोजतलाश कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ