News Category 2082/06/22
धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
राजविराज नगरपालिका २ स्थित गुलाव ग्यारेज नजिकै दुई समुदाय बीच धार्मिक कार्यक्रमको विषयलाई लिएर मंगलबार विवाद उत्पन्न भएको छ ।
मंगलबार बिहान राजदेवी–पडरीया सडकको मुख्य चौक नजिकै खाली रहेको सार्वजनिक जग्गामा दिपावलीको अवसर पारेर लक्ष्मी पूजा मनाउने तयारी गर्ने क्रममा अर्को समुदायले अवरोध पु¥याउन खोजेपछि उक्त विवाद भएको हो ।
एक पक्षले सार्वजनिक जग्गा भएकाले धार्मिक कार्यक्रम गर्न अवरोध गर्नुको औचित्य नभएको भनि रहदा अर्को पक्षले उक्त स्थल आपूmहरुको रंन (दाहा मेला गर्ने स्थल) रहेको दाबी गर्दै आएका छन् ।
बिहान ११ बजे तिर वडा २ स्थित गुलाव ग्यारेज छेउमै रहेको उक्त जग्गामा लक्ष्मी पुजाको लागि एक समुदायले झण्डा गाडेपछि अर्को समुदायले अबरोधको प्रयास गरेका थिए । अवरोध गर्ने समुदायले मोहर्रमका बेला आपूmहरु सोही स्थानमा दाहा मेलाको आयोजना गर्दै आएकोले अर्कै ठाउँमा लक्ष्मी पूजा गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भएको थियो ।
यसरी दुई समुदायले आ–आफ्नो अडान कायम राख्दा झडप हुने स्थिती देखिएपछि ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले समान्य बलको प्रयोग समेत गरेको थियो ।
तीन महिना अघि पनि उक्त जग्गामा धार्मिक कार्यक्रम र संरचना निर्माणको विषयलाई लिएर दुई समुदाय बीच तनाव उत्पन्न भएको थियो । त्यति बेला सर्वदलिय बैठकबाट गरिएको निर्णयको पालना नहुदाँ अहिले आएर पुनः विवाद चर्किएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ