News Category 2082/06/30
प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
प्रहरी जवानदेखी प्रहरीका उच्च अधिकारी सम्मलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा एक युटुवरलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन ।
आफुलाई स्टार अनलाइन न्युज च्यानलको पत्रकार हुँ भन्दै प्रहरीलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
असोज २७ गते साँझ राजविराज ५ बाट पक्राउ परेका महतोलाई असोज २८ गते मंगलवार प्रहरीले अभद्रं ब्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका मानवले कन्ट्रोल कक्षमा ड्युटीमा रहेका प्रहरी जवान आर्दश कुशवाहालाई ९८५२८३३४०८ नम्बरको मोवाईलबाट फोन गरी थर्काएको, अपशब्द प्रयोग गरेको र उनैबाट आफ्नो मोबाईल नम्बर लिई आफुलाई समेत फोन मार्फत त्यस्तै व्यवहार देखाएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।
पक्राउ परेका मानवमाथी यस अघि २०७४ साल असोज २२ मा केही सार्वजनिक अपराध, २०८० कार्तिक २१ मा साईबर ब्यूरोमा विद्युतीय कारोबार, २०८० माघ १२ गते विद्युतीय कारोबार, २०८१ जेठ २८ मा ज्यान, अपहरण तथा शरीर बन्धक र २०८१ पुष २० मा अभद्र ब्यवहार सम्बन्धि कसुरमा पक्राउ गरी कारवाही भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ