News Category 2082/06/30
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
राजविराजस्थित विभिन्न मन्दिर तथा जलाशयको सरसफाई गर्दै प्रहरीले ७०औं स्थापना दिवस मनाएको छ ।
आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।
७०औं प्रहरी दिवसको अवसर पारेर बिहीबार राजविराजस्थित चण्डी भगवती मन्दिरको हाताभित्र रहेको भगवती पोखरीका साथै भगवती मन्दिर, हरिनन्देश्वर महादेव मन्दिर र हनुमान मन्दिर परिसरको सरसफाई गरेका छन् ।
अभियानका संयोजक एवं मधेश प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरीक्षक भिम दाहालले नजिकिएको तिहार तथा छठपर्वलाई लक्षित गरी यसपल्ट नगरका जलाशय र मठ मन्दिरको सरसफाई गरी ७०औं प्रहरी दिवस मनाउन लागिएको बताए ।
लक्ष्मी पुजा र छठपर्वका बेला मन्दिर र जलाशय किनारहरुमा भक्तजनको अत्याधिक भीडभाड हुने गरेको र प्रहरीले सरसफाईमा सघाएपछि भक्तजनलाई सहज हुने हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले भने ।
सरसफाई अभियानमा तालिम केन्द्रका महिला र पुरुष गरी तीन सय सुरक्षाकर्मी खटाइएको मधेश प्रदेश तालिम केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ