News Category 2082/07/02
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरीको बोदेबरसाईन नगरपालिका ८ निवासी रामदुलार साहको अज्ञात समुहले गोली हानी हत्या गरेका छन् ।
प्रहरीका अनुसार पिसाब फेर्न शनिवार राति २ बजेतिर निवासबाट बाहिर निस्केका ७२ बर्षीय साह माथी अज्ञात समुहले गोली हानेको हो । ढाँडमा दुईवटा गोली लागेका उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी स्थानीय सन्त कबिरदासका अनुयायी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले बताए । घटनास्थलबाट प्रहरीले प्रयोग भएको गोलीको दुई थान खोका र एक जोड चप्पल बरामद गरेको छ ।
बुहारी अनिताले राति २ बजेतिर घटनाबारे थाहा पाएपछि पुग्दा ससुरा मृत अवस्थामा फेला परेको र तत्कालै प्रहरीलाई खवर गरेको सुनाईन ।
प्रहरी नायव उपरीक्षक पुरीले हत्याराको पहिचान चाँडो भन्दा चाँडो गर्नका लागि अनुन्धानका सबै पाटामा लागि परेको बताए । सोही वडा निवासी साहको हत्यामा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन । यद्यपी आफन्तले गाउँकै परिचित व्यक्तिको संलग्नता हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
मृतकका भाई राजकुमार साहले गाउँमा लागेको मेला भरेर फर्किदा दाजु रामदुलारको हत्या भएको थाहा पाएको बताए । उनले दाजु रामदुलारको अंशको विषयलाई लिएर एक जनासंग लामो समय देखि अदातलमा मुद्दा मामिला चलिरहेको जानकारी समेत दिए ।
प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको छ ।
आइतबार नै घटनास्थमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को प्रयोग समेत गरिएको छ । त्यसबाट पनि केही संकेत फेला परेको र चाँडै अपराधी पक्राउ पर्ने प्रहरीको भनाई छ ।
यसैबीच घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत एउटा टोली जिल्ला आएको छ । अहिले जिल्ला र प्रदेश समेतका प्रहरी टोलीले आ–आफ्नो तरीकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ