News Category 2082/07/04
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी ३७ वर्षीय इन्द्र मुखियाले हनुमाननगर कंकालिनी नगरपालिका १४ मा संचालन गर्दै आएका किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
सोमबार राति मुखियाको पसलमा पेट्रोल हालेर कुपी बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलेका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
आगलागीबाट करिब २२ हजार रुपैयाँको फ्रिज, ६ हजारको साइकल, ५० हजार बराबरको टिनको छानो, ३० हजार नगद, एक लाख ५० हजारको फर्निचर, ७० हजारको किराना तथा रक्सीका सामान र ५० हजार बराबरको लत्ताकपडा गरी उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि राति करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दिपावली कै साँझ कोईलाडीको कोशी बाँधस्थित गुलट मुखियाको चिया नास्ता र किराना पसलमा सर्ट सर्किट भएर आगलागी भएको छ । आगलागीबाट करिब १० हजार मुल्य बराबरको क्षति भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ