News Category 2082/07/07
चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक बर्ष आयोजना गर्ने भगवान चित्रगुप्तको पूजा पश्चातको भगवान हाथको पूजित कलम यस वर्ष १ लाख ५ सय ५५ रुपैयामा बिक्री गरिएको छ ।
राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेका हुन् । मनोज राजविराजका व्यावसायी हुन । कलमको उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्णले ९५ हजार ५ रुपैयाको बोली लगाएका थिए ।
समितिले प्रत्येक बर्ष यम पञ्चकको तेश्रो दिन भातृद्वितियाको दिनमा यमराजको मुख्य काम गर्ने भगवान चित्रगुप्तको पूजा विगत ४० बर्ष देखि आयोजना गर्दै आएको छ ।
पूजाको अवसरमा आयोजन गरिएको कार्यक्रममा चित्रांश समाजका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो । विद्यालय स्तरमा दिइने छात्रवृति यस पटक राहुल लाल, अनिकेत दास, कृतिका कर्ण, अमन मल्लिक, दीपिका कर्णलाई दिइएको छ भने उच्च अध्ययनतर्फ भूमिका कर्ण, ज्योति कर्ण, स्नेहा दत्त, आयुष कर्ण, रूपा कर्ण र नन्दिनी दत्तलाई दिइएको छ ।
समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित समारोहमा भगवानको मन्दिरमा भक्तहरुलाई स्वच्छ खानेपानीको उपलब्धताको लागि करिब २ लाखको लागतमा निर्माण गरिएको खानेपानी ट्यांकको हस्तानान्तरण गरिएको छ । राजविराज ८ निवासी स्व. रामचन्द्र लाभको स्मृतिमा उनकी पत्नी सुनिता लाभले उक्त ट्यांक निर्माण गराएकी हुन् ।
समितिका महासचिव रणधिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा राजविराज २ बस्ने ध्रुव कुमार स्वर्णकारले भगवानको लागि एउटा चाँदीको मुकुट प्रदान गरे ।
महासचिव कर्णका अनुसार भगवान चित्रगुप्त पूजाको विसर्जन शुक्रवार विहान १० बजे गरिने र बिहानै चित्रांश बालवालिकाहरुलाई सम्मिलित गराएर हाजिर जवाफ कार्यक्रम संचालन गरिने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ