News Category 2082/07/07
छठ पर्वको तयारी तिब्र
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
नेपालीहरुको दोश्रो ठूलो चाड तिहार सके लगत्तै लोकआस्थाको महान पर्व छठ धुमधामका साथ मनाउन हिन्दु धर्मावलम्बी उत्साहपूर्वक जुटेका छन् ।
यस क्रममा सप्तरीवासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् । भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् ।
छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ ।
सूर्यको आराधना गरि मनाइने चार दिवसीय छठ पर्व अन्तरगत यस पल्ट कात्तिक ८ गते शनिबार नहायखाय, कात्तिक ९ गते आइतबार खरना, कात्तिक १० गते सोमबार सझिया घाट (अस्ताउदो सूर्यलाई अर्घ) र कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तय रहेको चण्डि दुर्गा भगवती मन्दिरका मूल पूजारी पण्डित दुर्गानन्द मिश्रको भनाई छ ।
यता छठ पर्वमा पूजा र प्रसाद सामाग्रिमा प्रयोग हुने सरसामान खरीद गर्नेको बजारमा भिड बढ्दै गएको छ । स्थानीय यतिबेला छठ पूजा घाट सजाउन र पूजा सामाग्रि किन्न व्यस्त देखिएका छन् ।
बजार अहिले छठ पूजाका सामाग्रिले भरिभराउ छन् भने ठाउँ ठाउँमा सडक किनारमै पूजा सामाग्रिका दर्जनौं अस्थायी पसलहरु समे खुलेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ