News Category 2082/07/25
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको सबै सेवाहरु मंगलबारदेखी सुचारु भएको छ । आईतबार रातीदेखि अस्पतालका सेवाहरु ठप्प रहेको थियो ।
अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने उपर कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएपछि अस्पतालको सेवा सुचारु भएको हो ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ हर्दिया टोलकी रेखा यादवले आईतवार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियु कक्षमा राखिएको थियो । सोही दिन साँझ अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड, चिकित्सकलाई गाली गलौज गर्दै निमित्त मेसु डा. दिलिप साह माथी हातपात गरेपछि अस्पतालको आकस्मिक बाहेकाका सबै सेवा ठप्प भएको थियो ।
सर्वपक्षिय छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घट्नामा संलग्न उपर कारवाही र क्षतिपुर्ती भराउने प्रतिवद्धता जनाएपछि अस्पतालको सेवा सुचारु गर्ने सहमती भएको निमित्त मेसु डा. साहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अस्पतालमा तोडफोड गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका ४ का २४ वर्षीय उदय ठाकुर, सोही स्थानका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका ६ का ५० वर्षीय प्रमेश्वर यादव र २५ वर्षीय रमन यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले सार्वजनिक अस्पतालमा तोडफोड गर्ने खोज्ने आपराधिक उपद्रव गरेको कसुरमा पक्राउ परेका चारै जनालाई सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।
यसअघि अस्पताल प्रशासनले सोमबार सुचना प्रकाशित गरेर चिकित्सकमाथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराएसम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सुचारु गर्न असर्मथ हुने जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
- 2082/07/24 नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
- 2082/07/24 प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
- 2082/07/24 राजविराजमा महिला क्रिकेट सुरु
- 2082/07/23 करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
- 2082/07/23 जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ