News Category 2082/07/27
नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरीसँग जोडिएको नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायब रहेको छ । ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल १ सय ७० वटा मात्र छ । अधिकांश सीमास्तम्भ गायव भएको पाइएको छ ।
भारतीय सीमासंग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिक अगुवा तथा सञ्चारकर्मीहरुलाई सहभागी गराई बिहीबार सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमासँग जोडिएको जानकारी दिए ।
“नेपाल–भारत सीमा अन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले १ सय ७० वटा मात्र छ ।” उनले भने, “कायम रहेका कतिपय सीमास्तम्भ पनि जिर्ण अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने अवस्थामा छ ।”
दुबै देशका प्राविधिक टोलीको सहमतिमा मात्र यसरी सीमास्तभ राख्न सकिने समझौता भएकाले सोका लागि पनि पहल थालिएको उनको कथन छ । उनले सीमा अपराध नियन्त्रणका लागि भारतीय सीमासंग जोडिएका सबै पालिकामा स्थानिय जनप्रतिनिधि र समाजका अगुवालाई समेटेर सीमा सहजिकरण समिति गठन गरिएको जानकारी पनि दिए ।
सीमा अपराध नियन्त्रण, सीमासुरक्षाको महत्व र सीमाबासीको समस्याको पहिचान तथा सुझाव संकलन गरी आवश्यक रणनीति बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका सहभागी अधिकांश वक्ताले दशगजा क्षेत्रमा गायव भएका सीमास्तम्भको पुनर्निमाणमा जोड दिनुका साथै चोरी तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण तथा लामो समयदेखि बन्द रहेका सप्तरीका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
छोटी भन्सार कार्यालयहरु सञ्चालनमा आउन नसक्दा सीमानाकाबाट भन्सार छली तथा चोरी तस्करी मौलाउनुका साथै राजस्व पनि कम उठ्न थालेको उनीहरुको तर्क थियो ।
कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरुले सीमाक्षेत्रका विभिन्न समस्या उठान गर्दै आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ