News Category 2082/07/28
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
आफ्नो नम्बरी जग्गाको आधिकारिता सम्बन्धी सिफारिस दुई जनालाई उपलब्ध गराएर कार्यवाहक वडाअध्यक्षले अन्यौलता र थपविवाद सृजना गरेको एक पीडित जग्गाधनीले गुनासो पोखेका छन् ।
राजविराज नगरपालिका वडा नं. ८ निवासी शैलेशकुमार दास र निलेशकुमार दास (दाजुभाई)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेका हुन् ।
दास दाजुभाईले राजविराज नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष जवाहर यादवले बास्तविक जग्गाधनी भएको आफूहरुको पक्षमा सिफारिस उपलब्ध गराएको भएपनि उनी बाहिर गएको मौका छोपी कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले प्रमाणै बिना सन्दिपकुमार दास समेतलाई सोही जग्गाको सिफारिसपत्र उपलब्ध गराएर थप विवाद उत्पन्न गराएको बताएका छन् ।
जग्गाको सबै प्रमाण उपलब्ध गराएपछी २०८१ बैशाख १७ गते वडाअध्यक्ष जवाहर यादवले नापी शाखालाई हाम्रो पक्षमा सिफारिस पत्र पठायो पत्रकार सम्मेलनमा शैलेशले भने, “तर, उनी बाहिर गएको मौका छोपी २०८२ कात्तिक २४ गते कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले विपक्षि सन्दिपलाई समेत सिफरिसपत्र उपलब्ध गराएर झमेला बढाउनुका साथै आफूलाई अनावश्यक दुःख दिने काम गरेको छ ।”
आफूहरुसँग भएको जग्गाको सबै प्रमाण देखाउँदै उनले कुन आधारमा कार्यवाहक वडाअध्यक्षले विपक्षिलाई सिफारिस उपलब्ध गराएको हो, त्यसको उचित छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।
एउटै जग्गाको दुई–दुई जनालाई सिफारिस उपलब्ध गराएर वडा कार्यालयलले समाधान भन्दा पनि विवाद चर्काउने काम गरेको उनको कथन छ ।
सप्तरीको मलेठ मौझे गढियामा रहेको गाउँ ब्लकको विभिन्न चार वटा कित्ताको जग्गा पुनितादेवी दासको नाममा नापी भई कायम भएको छ । २०२० असार १४ गते नै अन्सियारहरुबीच अंशबण्डा भई २०२२ सालमा ७ नं. फाँटबारी समेत भरि एकलौटी रुपमा हकभोग चलन गरिरहेको जग्गामा अन्य कसैको अंश नरहेको सबुत प्रमाण रहँदा रहँदै अर्का व्यक्तिलाई समेत सिफारिस उपलब्ध गराउनु आश्चर्यको विषय रहेको दास दाजुभाईको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ