News Category 2082/07/28
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
आफ्नो नम्बरी जग्गाको आधिकारिता सम्बन्धी सिफारिस दुई जनालाई उपलब्ध गराएर कार्यवाहक वडाअध्यक्षले अन्यौलता र थपविवाद सृजना गरेको एक पीडित जग्गाधनीले गुनासो पोखेका छन् ।
राजविराज नगरपालिका वडा नं. ८ निवासी शैलेशकुमार दास र निलेशकुमार दास (दाजुभाई)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेका हुन् ।
दास दाजुभाईले राजविराज नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष जवाहर यादवले बास्तविक जग्गाधनी भएको आफूहरुको पक्षमा सिफारिस उपलब्ध गराएको भएपनि उनी बाहिर गएको मौका छोपी कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले प्रमाणै बिना सन्दिपकुमार दास समेतलाई सोही जग्गाको सिफारिसपत्र उपलब्ध गराएर थप विवाद उत्पन्न गराएको बताएका छन् ।
जग्गाको सबै प्रमाण उपलब्ध गराएपछी २०८१ बैशाख १७ गते वडाअध्यक्ष जवाहर यादवले नापी शाखालाई हाम्रो पक्षमा सिफारिस पत्र पठायो पत्रकार सम्मेलनमा शैलेशले भने, “तर, उनी बाहिर गएको मौका छोपी २०८२ कात्तिक २४ गते कार्यवाहक वडाअध्यक्ष चन्दर यादवले विपक्षि सन्दिपलाई समेत सिफरिसपत्र उपलब्ध गराएर झमेला बढाउनुका साथै आफूलाई अनावश्यक दुःख दिने काम गरेको छ ।”
आफूहरुसँग भएको जग्गाको सबै प्रमाण देखाउँदै उनले कुन आधारमा कार्यवाहक वडाअध्यक्षले विपक्षिलाई सिफारिस उपलब्ध गराएको हो, त्यसको उचित छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।
एउटै जग्गाको दुई–दुई जनालाई सिफारिस उपलब्ध गराएर वडा कार्यालयलले समाधान भन्दा पनि विवाद चर्काउने काम गरेको उनको कथन छ ।
सप्तरीको मलेठ मौझे गढियामा रहेको गाउँ ब्लकको विभिन्न चार वटा कित्ताको जग्गा पुनितादेवी दासको नाममा नापी भई कायम भएको छ । २०२० असार १४ गते नै अन्सियारहरुबीच अंशबण्डा भई २०२२ सालमा ७ नं. फाँटबारी समेत भरि एकलौटी रुपमा हकभोग चलन गरिरहेको जग्गामा अन्य कसैको अंश नरहेको सबुत प्रमाण रहँदा रहँदै अर्का व्यक्तिलाई समेत सिफारिस उपलब्ध गराउनु आश्चर्यको विषय रहेको दास दाजुभाईको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ