News Category 2082/07/28
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सरकारले नेपालभरि ३८ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछी राजविराजस्थित करदाता सेवा कार्यालय नसार्न हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ ।
शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो ।
करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको पाँच हजार भन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई शुशीला कार्कीलाई पठाईएको उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिए ।
हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् । करदाता सेवा कार्यालय सार्न लागेको बिरोधमा सप्तरी उद्योग बाणिज्य संघले निरन्तर आन्दोलन गर्दै आएको छ ।
यसअघि हस्ताक्षर संकलनका साथै धर्ना दिदैं आएको संघले शनिबार हातमा कालोपट्टी बाँधेर कारोबार गर्ने भएका छन् । सोही दिन दिउँसो ३ बजे भेला भई कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय भएको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रबालले जानकारी दिए ।
आन्दोलन अन्तर्गत ३० गते आईतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम समेत तय भएको उनले बताए ।
संघका अध्यक्ष अग्रवालले जिल्लामा ७० हजारभन्दा बढी करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ