News Category 2082/07/28
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा अदालतमा भएको क्षति अवलोकनका क्रममा शुक्रबार राजविराज आइपुगेका प्रधानन्यायाधिश राउतले यस्तो बताएका हुन् ।
‘जनताको सम्पत्ति र न्याय दिने स्थल अदालत जलाउनेलाई उन्मुक्ति होइन् कानुनी दायरामा ल्याउनुपर्छ, उनले भने ‘यसको गम्भिर अनुसन्धान हुनुपर्छ ।’
उनले अदालत भनेको जनताको सम्पत्ति भएको बताए । ‘यो जनताको सम्पत्ति हो । नष्ट हुँदा, आगजनी हुँदा, तलामाथि हुँदा अनुसन्धान हुनुपर्छ’ उनले भने ।
उनले अनुसन्धानका निम्ति अदालतहरुले प्रहरीमा जाहेरी दिइसकेको पनि बताए ।
जेनजी आन्दोलनका क्रममा देशभरिका अदालतहरुमा भएको आगलागीबाट अढाई अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । ‘यो २०७४÷७५ तिरको मूल्य अनुसारको हो’ उनले भने, ‘अहिलेको मूल्यलाई हेर्ने हो भने त्योभन्दा बढीको क्षति भएको छ ।’
सर्वोच्चसहित देशभरिका अदालतमा जलेका मिसिलहरु खडा भइरहेको भन्दै फैसला दिन समस्या नहुने बताए ।
उच्च बार एशोसिएशन, राजविराजले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका राउतले देबानी प्रकृतिका मुद्दाहरुको कुनै कागज नभेटाइए मिलापत्रको प्रयत्न गर्न सुझाव दिए ।
कानुन व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘कागजात भेटाइएन, मिसिल खडा हुन सकेन भने यस्तो मुद्दामा यहाँहरुको योगदान अपरिहार्य छ । यस्तो मुद्दघामा मिलापत्रको प्रयत्न गरिदिँदा मिसिल नहुँदा पनि वैधानिकता पाउँछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ