News Category 2082/07/30
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने माग राख्दै राजविराजस्थित खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरिएको छ ।
आइतबार उक्त कार्यालयमा जेनजी समूहका अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा पुगेको टोलीले तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण कार्यालयको दैनिक कामकाज प्रभावित बनेको छ ।
संस्थानबाट दिइने सेवाहरु कुशलतापूर्वक प्रदान गरिरहेको निमित्त कार्यालय प्रमुख राजाराम यादवको अन्यत्र सरुवा गरिएकोले सो सरुवा रोकिनु पर्ने तथा सुधारका अन्य मुद्दाहरु सम्बोधनका लागि दबाब दिने उद्देश्यले तालाबन्दी गरिएको जेनजी अगुवा आलमले बताएका छन् ।
उनले निमित्तका ठाउँमा अर्का निमित्त कार्यालय प्रमुख नै राख्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । यादवको सरुवा संस्थानलाई कमजोर बनाउने खेल भएको उनको दाबी छ ।
कार्यालय प्रमुख यादवको सरुवा रोक्नुका साथै संस्थानबाट दिइने सेवाहरुमा थपबिस्तार र सुधारका लागि यस अघि शुक्रबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री, खानेपानी मन्त्रालय तथा नेपाल खानेपानी संस्थान केन्द्रिय कार्यालयमा ज्ञापनपत्र पठाएर ध्यानाकर्षण गराउदा पनि कुनै पहल नभएकाले तालाबन्दी गर्नु परेको उनीहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ