News Category 2082/08/14
सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
राजविराजको राजदेवी रोडस्थित शिवशंकर सिनेमा मोडमा आइतबार बिहान चार जना यात्रु बोकेको सिटि रिक्सा पल्टिएको छ ।
दुर्घटनामा चालक सुनिल दाससहित सबै यात्रु घाइते भएका छन् । सामान्य चोट पटक लागेका उनीहरु उपचारपछी घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
यस मार्गमा दैनिक सयौं सवारीसाधन र पैदल यात्रु आवतजावत गर्ने गरेका छन् । तर जीर्ण सडकको मर्मत सम्भार कार्य हुन नसक्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।
शिवशंकर सिनेमा चौकका वासिन्दा पशुपति दासले सडकका खाल्डाखुल्डीका कारण यस मार्गबाट हिड्ने सवारीसाधन र यात्रु ज्यान हत्केलामा राखेर नै प्रतिदिन आवतजावत गर्न बाध्य भएको बताए । उक्त मार्गमा दैनिक सवारीसाधन दुर्घटना हुने गरेको भन्दै स्थानियवासीले यसबारे सम्बन्धीत निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सडक स्तरोन्ती कार्यमा चासो नदेखाएको गुनासो पोखेका छन् ।
सडकमा परेका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा सकस तथा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियले अविलम्ब मर्मत सम्भार कार्य सुरु गर्न सम्बन्धीत निकायसँग माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ