News Category 2082/08/15

मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा

दैनिक समाचारदाता

मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 

    “आजैदेखि सुरुवाती गरौ–हरित, सफा र सुरक्षित बिद्यालय निर्माण गरौ” नराका साथ यहाँ हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेको छ । 
    सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ५ स्थित रहेको राष्ट्रिय आधारभुत बिद्यालय मझौउमा सोमबार आयोजित घोषणा समहारोमा बिभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । 
    हरित, सफा तथा सुरक्षित परिचालन समिति तथा इको बालक्लब र बिद्यालय परिवार, सेभ द चिल्ड्रेन, सेभ द सप्तरीको सहयोगमा बिभिन्न सुचकहरु पुरा गरि गाउँपालिका अध्यक्ष उमेश कुमार यादवले हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा गरेका हुन् ।
    सो क्रममा उनले बिष्णुपुर गाउँपालिका भरी रहेका सबै बिद्यालय हरित बिद्यालय हुनुपर्नेमा जोड दिए । यसका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै बिद्यालय सरसफाई र स्वक्ष्य वतावरण भए मात्र बिद्यालयमा शिक्षक र बिद्यार्थी स्वस्थ्य रहने उल्लेख गरे ।  राम्रो शिक्षाका लागि शिक्षकहरु पनि जानकार हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षका लागि सबै एक जुट हुनुपर्नेमा समेत जोड दिए । 
    यहाका जङफुडबाट हुने असर, स्थानिय खानाको प्रोत्साहनसहित जनचेतना कार्यक्रमहरु संचालनज गरेका छन । साथै बृक्षरोपन कार्यक्रम, बिद्यालय क्षेत्रमा, जोखिम पहिचान गरि त्यसको न्युनिकरणका उपायहरु बरे समेत छलफल गरि बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई तथा बिद्यालय भित्रका कक्षाकोठा समेत निरन्तर सरसफाई राख्नुपर्ने आन्तरक्रियाकलाप सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा बिभिन्न कार्यक्रमहरु ग्रिएको बिद्यालयका प्रअ रेमन कुमार मण्डलले जानकारी दिए ।
    राष्ट्रिय आधारभुत बिद्यालय मझोउमा प्रअ सहित ९ जना शिक्षक÷शिक्षीका र २४४ जना बिद्यार्थी रहेका छन । वडा अध्यक्ष जिवछ मण्डलको अध्यक्षतमा आयोजित समारोहमा बिद्यालयका प्रअ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, शिक्षक, शिक्षिका तथा स्थानियवासीको सहभागि थियो ।
    कार्यक्रममा सेभ द सप्तरीका परियोजना प्रबन्धक संजिव कुमार चौधरी, अध्यक्ष ध्रुव प्रसाद देव, फिल्ड अधिकृत सत्यनारायण थारु, फर्जना खातुन, दुर्गानन्द शर्मा, सिल्पा देव र भोलिन्टियर रामसागर मेहताको समेत उपस्थित थिए ।  

प्रतिकृया दिनुहोस