News Category 2082/08/15
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४२ वर्षिय दिपेन्द्र पासवान छन् ।
आइतबार राती ८ बजेतिर सोही वडाको हुलाकी सडक खण्डमा सडक किनारमा ट्याक्टर राखेर थ्रेसर मेशिन जडान गरि धान दाउन गरिरहेका बेला बोदेबरसाइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश–२–०१–००१प.१७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका पासवानलाई उपचारका लागि स्थानिय छिन्नमस्ता अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
मृतक उक्त ट्याक्टरका चालक हुन् । दुर्घटनाका क्रममा ठक्कर दिने मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका २८ वर्षिय रामानन्द चौधरी समेत घाइते भएका छन् । प्रहरी निगरानीमा उनको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ