News Category 2082/08/15

ल्यावमा तोडफोड, एक जना पक्राउ

दैनिक समाचारदाता

ल्यावमा तोडफोड, एक जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 

    लेनदेनको विषयमा राजविराजस्थित एक ल्यावमा सोमबार दिउँसो तोडफोड गरी लाखौंको क्षति पु¥याइएको छ । राजविराज ४ स्थित सेफ डाइग्नोस्टिक ल्यावमा सोमबार तोडफोड भएको हो । 
    राजविराज ८ का शुभाष सिंहको नेतृत्वमा आएका ६÷७ जनाको समूहले ल्यावका महिला स्वास्थयकर्मी तथा कर्मचारीहरुलाई गालिगलौज गर्दै तोडफोड सुरु गरेको ल्याव संचालक देवेस दत्तले बताएका छन् । ल्यावका महँगो उपकरणहरु निकालेर सडकमा बजार्दै तोडफोड समेत गरिएको उनले बताए । तोडफोडबाट ल्यावका उपकरणहरु गरि करिब ३० लाख बराबरको क्षति भएको उनको दाबी छ । सो समूहले आफूले चढ्ने गरेको प्रदेश १–०२–०५३९३०४ नम्बरको मोटरसाइकल समेत लुटेर लगेको उनले बताए । 
    संचालक दत्तले सोमबार नै ल्यावमा तोडफोड, लुटपाट र महिला स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्ने सुभास सिंहसहितका व्यक्तिहरु उपर कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 
    दत्तले आफू सिंहसँग दुई वर्षअघि विभिन्न मितिमा गरि १० लाख रुँपैया ऋण सापटी लिएको बताउँदै दुई वर्षमा आफूले पटक पटक गरि सिंहलाई बैंकमार्फत ३१ लाख २९ हजार ५ सय रुँपैया बुझाइसकेको उनले जानकारी दिए ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले दत्तको ल्यावमा तोडफोड तथा लुटपाट गरेको उजुरीको आधारमा सिंहलाई सोमबार नै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सिंहलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस