News Category 2082/08/21
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजविराज नगरपालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा ’प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ आईतबार नगरपालिकाले स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक गरेको हो ।
महिला तथा कानुन मञ्चको सहयोग, विदेह फाउण्डेशनको समन्वयमा राजविराज नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सुचना अधिकारी सुरेश यादवले निर्देशिका सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि रञ्जु ठाकुरले राजविराज नगरपालिकाले ल्याएको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले हिंसा पीडित महिलाका लागी सेफ हाउस अपरिहार्य रहेकोले त्यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा आयोजित सार्वजनिकीकरण कर्यक्रममा महिला कानून विकास मञ्चकी म्यानेजर सजनी केसी, विदेह फाउण्डेशनका अध्यक्ष राघव ठाकुर, वडाअध्यक्ष सुभाषचन्द्र यादव, शशी चौधरी, कार्यपालिका सदस्य सोनी रजक लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
जारी निर्देशिकामा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा, त्यसको रोकथामका उपाय र हिंसापछि न्याय तथा पुनर्थापनाको लागि वडा स्तरबाट नै न्यायलागि पहल हुनुपर्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ