News Category 2082/08/24
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, युवा उद्योगपति तुलाकान्त मण्डल, युवा अभियन्ता अमरेन्द्र यादव लगायतको सहभागितामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि तयारी गर्न छलफल सुरु गरिएको हो ।
एग्रो एक्सपो २०८२ आयोजनाका लागि मंगलबार भएको छलफलमा अध्यक्ष अग्रवालले एग्रो एक्स्पो सफल बनाउन उद्योग बाणिज्य संघको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
उनले यस्तो आयोजनाले जिल्लाको कृषि र उत्पादन क्षेत्रमा वृद्धि हुनुका साथै किसानहरुमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गरे ।
उद्योग बाणिज्य संघका महासचिव अमृत संचेतीले सप्तरी जिल्ला कृषि र उत्पादनमा निकै पछाडी रहेको र यस्ता कृषि मुखी ब्यपारिक एक्स्पोले यहाँका किसानहरु लाई थप प्रोत्साहित गर्ने बताए ।
मधेश प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको एग्रो एक्सपोमा कृषि तथा व्यवसायिक क्षेत्रमा नयाँ अवसर पहिचान गर्न इच्छुक किसान, उद्यमी, व्यवसायी तथा युवाहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छलफलमा सहभागी युवा अभियन्ता अमरेन्द्र यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ