News Category 2082/08/24
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
मधेश प्रदेशमा एक बर्षको अवधिमा बालबालिकासँग सम्बन्धित ३ हजार भन्दा बढी घट्ना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयद्वारा बुधबार राजविराजमा आयोजित “मधेश प्रदेशमा मानव अधिकारको अवस्था र सरोकारबालाको भुमिका” विषयक अन्तक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयको महिला समुत्थान परियोजनाको समन्वय र सहयोगमा आयोजित कार्यक्रममा मधेश प्रदेश राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख बुद्धनारायण सहनीले प्रस्तुत गरेको प्रतिवेदनमा २०८१÷०८२ बालबालिकासँग सम्बन्धित कुल ३ हजार तीन सय २० घट्ना भएको उल्लेख छ ।
जसमध्ये सर्वाधिक १ हजार १ सय ६९ बालिका हराएको घट्ना भएको छ । यस्तै लागुऔषध दुव्र्यसनका ४ सय ६८, बालबालिकासँग यौन दुव्र्यव्यवहारका २ सय २१, जवरजस्ती करणीका १ सय ४९, बाल यौन दुरुपयोगका ३२, अपहरण र जवरजस्ती करणीका १९÷१९, बाल घरेलु हिंसाका २०, बाल यौन दुव्र्यहारका ३२, बालबिबाहका १७, बाल बेचबिखनका ६ तथा अप्राकृितक मैथुनका २ घटना भएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयले अभिलेख गरेको घट्नामा मधेश प्रदेशको जनसंख्या तथा शिक्षा, बाँच्न पाउने अधिकार, मुद्दा दर्ता, कैदी बन्दी, महिला अधिकार, मानवअधिकार पीडित लगायतको अवस्था र चुनौती समेत छन् ।
यस्तै प्रस्तुत प्रतिवेदनमा मधेश प्रदेशमा विगत ४ बर्षमा भएको आत्महत्या, कर्तव्यज्यान, डुबेर मृत्यु, सवारी दुर्घट्ना लगायतका विवरण समेत समेटिएको छ । जस अनुसार मधेश प्रदेशमा ४ बर्षको अवधिमा सर्वाधिक ४ हजार ५ सय ८९ जनाले आत्महत्या गरेको पाइएको छ ।
यस्तै सोही अवधिमा सवारी दुर्घट्नामा २ हजार ३ सय ५३ जना तथा पानीमा डुबेर ८ सय २८ जनाले ज्यान गुमाएका छन् । यसै अवधिमा प्रदेशभरमा कर्तव्यज्यानका ४ सय २६ घट्ना भएको प्रतिवेदनले देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायधिश शुभाष पौडेलले मानवअधिकार रक्षा तथा सुरक्षित समाज निर्माणका लागि सबै सरोकारबालाले मिलेर पहल गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । यस्तै विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, डब्लु एच आरका पुर्व अध्यक्ष विमला पराजुली, मुक्ति नेपालका अध्यक्ष देवकुमारी महरा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष दिपक झा लगायतकाले पनि बोल्दै मानवअधिकार उल्लघनका घट्नामा वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै न्युनीकरणका लागि चेतनशील हरेक नागरिकले भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ