News Category 2082/08/24

आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन

दैनिक समाचारदाता

आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 

    आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । 
    संघर्ष समितिका संयोजक मोहन कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा मंसिर २६ गते शुक्रबारदेखी सात दिने रिले अनसनको आन्दोलन घोषणा गरिएको उल्लेख छ । 
    दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मंसिर २६ गते स्थान्ीय गजेनद्र चौकमा जिल्लाका पालिका प्रमुखहरु रिले अनसनमा बस्ने जनाइएको छ । 
    सोही विज्ञप्तिमा अनसनको तयारीका लागि जितेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा सात सदस्य तयारी समिति गठन गरिएको जनाइएको छ । गुप्ताको संयोजकत्वमा गठित तयारी समितिका सदस्यहरुमा लक्ष्मण यादव, जय नारायण यादव, प्रमोद कुमार मंडल, अमृत कुमार संचेती, प्रविन कुमार देव, विजय कुमार देव लगायतका छन् । 
    दोश्रो चरणका आन्दोलनका कार्यक्रममार्फत पनि माग पुरा नभए अझ कडा भन्दा कडा आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ । 
    मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट