News Category 2082/09/30
डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्यकर्मीहरुले विभिन्न माग राख्दै अल्टिमेटम सहित मंगलबार प्रमुख स्वास्थ्य प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्वास्थ्य चौकीहरुमा औषधीको अभाव, कर्मचारीहरुको स्तरवृद्धि कार्यमा मनोमानी तथा केही दिन अघि गरिएको सामुहिक सरुवा लगायतका विषयमा असंतुष्टि प्रकट गर्दे प्रमुख प्रशासकीय अधिकृत विजय मंडललाई ज्ञापनपत्र बुझाएका हुन् ।
सबै १० वटै स्वास्थ्यचौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा पालिका प्रमुखलाई दुई दिनको अल्टिमेटम सहित विभिन्न माग राखी ज्ञापनपत्र बुझाए ।
प्रमुख प्रशासकीय अधिकृत मंडललाई सबै १० वटै स्वास्थ्य चौकीका प्रमुखहरुको हस्ताक्षर सहित बुझाइएको ज्ञापनपत्रमा आफुहरुले उठाएका माग दुई दिन भित्र सम्बोधन गर्न अल्टिमेटम दिइएको छ ।
समयभित्र माग सम्बोधन नगरिए तेश्रोदिन देखि आन्दोलनका सशक्त कार्यक्रम घोषणा गरी अघि बढने उनीहरुले चेतावनी दिएका छन् ।
स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरुद्वारा बुझाइएको ज्ञापनपत्रमा चुनावको मुखमा दुःख दिने मनसायले पुस २१ गते एकैपटक सबै स्वास्थ्यचौकीका प्रमुखहरुको गरिएको सरुवा बदर गरिनुपर्ने, स्वास्थ्य चौकीहरुमा आवश्यक औषधीहरु तत्काल उपलब्ध गराउनुपर्ने तथा कर्मचारीको स्तरवृद्धि र मुल्यांकनमा गरिएको विभेद सच्याउनुपर्ने प्रमुख माग गरिएको हो ।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकीहरुमा औषधीको चरम अभावका हुँदा सेवाग्राहीबाट अपमान र मानसिक तनाव खेप्नु परेको, स्वास्थ्य चौकी बन्द गर्ने अवस्था आएको तथा एकै पटक सबै स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीको सरुवा गरेर मनोवल गिराउने र दुःख दिने काम भएको भन्दै माघ २ गते देखि आन्दोलन चर्काउने समेत जनाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत मंडलले कानुन र विधि प्रक्रिया पुरा गरी सरुवा गरिएको दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ