News Category 2082/09/30
सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरी प्रहरीले सुरुङ्गा नगरपालिका ४ बाट प्रतिबन्धित लागुऔषध सहित दुईजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेहरुमा सुरुङ्गा नगरपालिका वडा नं. ७ का २२ बर्षीय पारसमणी चौधरी र २० बर्षीय विनम चौधरी थारु रहेका छन् ।
उनीहरुलाई सोमबार साँझ सुरुङ्गा नगरपालिकाको कदमाहा सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स.४प. ७७२३ नम्बरको मोटरसाईकल चढेर आउँदै गर्दा गस्तीमा रहेका इलाका प्रहरी कार्यालय भेडियाको टोलीले शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा पछाडी सवार थारुको साथबाट प्रतिवन्धित लागुऔषध डाइजेपाम १५, फेनारगन १७ तथा ब्रुपेनोरोफिन १८ गरी ५३ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ