News Category 2082/09/30
सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरी प्रहरीले सुरुङ्गा नगरपालिका ४ बाट प्रतिबन्धित लागुऔषध सहित दुईजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेहरुमा सुरुङ्गा नगरपालिका वडा नं. ७ का २२ बर्षीय पारसमणी चौधरी र २० बर्षीय विनम चौधरी थारु रहेका छन् ।
उनीहरुलाई सोमबार साँझ सुरुङ्गा नगरपालिकाको कदमाहा सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स.४प. ७७२३ नम्बरको मोटरसाईकल चढेर आउँदै गर्दा गस्तीमा रहेका इलाका प्रहरी कार्यालय भेडियाको टोलीले शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा पछाडी सवार थारुको साथबाट प्रतिवन्धित लागुऔषध डाइजेपाम १५, फेनारगन १७ तथा ब्रुपेनोरोफिन १८ गरी ५३ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका दुबैजनालाई सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ