News Category 2082/09/30

डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 

    नेपाली जनता पार्टीले सप्तरी क्षेत्र नं. को अध्यक्षमा डा. सन्तोष कुमार चमनलाई जिम्मेवारी दिएको छ । 
    डा. चमनले जनमत पार्टी परित्याग गरि नेपाली जनता पार्टीमा प्रवेश गरेसँगै उनलाई क्षेत्रिय अध्यक्षको जिम्मेवारी दिइएको हो । 
    सो पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र प्रसाद यादवले डा. चमनलाई पार्टी प्रवेश गराउँदै क्षेत्रिय अध्यक्षमा मनोनयन गरेका हुन् । 
    आगामी प्रतिनिधिसभा निर्वाचनमा डा. चमनलाई नेपाली जनता पार्टीले क्षेत्र नं. ३ बाटै उम्मेदवार समेत बनाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट