News Category 2082/09/30
निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशमा माहौल बनिसकेको बताएका छन् ।
सप्तरीस्थित छिन्नमस्ता मन्दिर दर्शनका लागि मंगलबार राजविराज आएका उनले सबै राजनीतिक दल, निर्वाचन आयोग र जेनजी पुस्ता लगायत सबै सरोकारबालाहरु सँगको सहकार्यमा निर्वाचन सम्पन्न गराउन सरकार काम गरिरहेको जानकारी दिए ।
उनले सबै सरोकारबाला तथा राजनीतिक दलले निर्वाचन गतिविधिमा होमिसकेकाले देशमा निर्वाचनको माहौल बनिसकेको जिकिर गर्दै सरकार र निर्वाचन आयोगले निर्वाचन सम्बन्धि धेरै तयारी गरिसकेको र प्रक्रिया धेरै अगाडी बढिसकेको हुँदा फागुन २१ मा निर्वाचन हुने धारणा राखे ।
जिल्ला प्रशासन कार्यालय सप्तरी परिसरमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसँग जिल्लाको सुरक्षासहित समग्र अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकै चरणमा निर्वाचन सम्पन्न हुने जानकारी समेत दिए ।
छिन्नमस्ता मन्दिरको दर्शन एवं पुजा पश्चात् उनले त्यहाँका जनप्रतिनिधिहरुसंग भेटघाट गरेका थिए । गृहमन्त्री अर्यालसँगै गृह सचिव राज कुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक दानबहादुर.कार्की सहितको टोली छिन्नमस्ता मन्दिर दर्शनका लागि पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ